सामूहिक लगानी कोषको योजना व्यवस्थापकमा गरिमा क्यापिटल

गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी काेषको योजना व्यवस्थापक र डिपोजिटरीका रूपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ।...

सम्बन्धित सामग्री

‘गरिमा समृद्धि योजना’ल्याउँदै गरिमा क्यापिटल

काठमाडौं। गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’अन्तर्गत रू. १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ आइतवार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दर्ता गरेको छ । प्रस्तावित योजनाअन्तर्गत रू. १० अंकित मूल्यका १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल सेबोनको म्युचूअल फन्डको पाइपलाइनमा रहेको बताइएको छ । संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा प्रवाह गर्दै आएको छ । गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यसका सम्पूर्ण सेवा ग्राहक समक्ष पुर्‍याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट सहजीकरण हुँदै आएको छ ।

गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता

काठमाडाैं- हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटलले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ गर्ने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको क्यापिटलले जनाएको छ । तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी ‘गरिमा […]

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरू यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रूपमा नियुक्त कम्पनीले जानकारी दिएको छ ।

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई

गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकारी (सीईओ) निर्मल भट्टराई नियुक्त भएका छन् । बुधबारदेखि उनले सीईओको रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् । भट्टराईले भारतबाट चार्टड एकाउन्टेन्सी (सीए) गरेका छन् ।  गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा बैशाख ९ मा हुने

काठमाडौँ – गरिमा क्यापिटल लिमिटेडको छैटाैँ वार्षिक साधारणसभा आउँदो वैशाख ९ गते हुने भएको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको ४७ औँ बैठकको निर्णयानुसार आउँदो वैशाख ९ गते छैटौं वार्षिक साधारणसभा हुने भएको हो। साधारणसभामा सामान्य प्रस्तावको रुपमा आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात तथा […]

केसीएल अस्ट्युट क्यापिटल अब गरिमा क्यापिटल

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्युट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ। अब उप्रान्त केसीएल अस्ट्युट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन्। विसं २०७८ साल असार ४ गते केसीएल […]

गरिमा विकास बैंकले किन्यो केसीएल अस्ट्यूटको ५१ प्रतिशत सेयर

१५ चैत, काठमाडौं । केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड अब गरिमा क्यापिटल बनेको छ । गरिमा विकास बैंकले ५१ दशमलव २० सेयर स्वामित्व किनेर गरिमा क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो । (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ । सो कम्पनीले प्रदान गर्दै आएको सेवा तथा […]