राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।  कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालिरहेका शर्मालाई भदौ २४ गतेदेखि लागू हुने गरी शुक्रवार नियुक्त गरिएको हो ।  नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई प्रधानसेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् ।  शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति तोकिएको थियो ।  भदौ २४ गतेबाट पूर्णचन्द्र थापाले प्रधानसेनापतिबाट अनिवार्य ...

सम्बन्धित सामग्री

सेनापति शर्मा र भारतीय राजदूतबिच भेटवार्ता

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तबिच भेटवार्ता भएको छ। जंगी अड्डामा पुगेर राजदूत श्रीवास्तवले आज प्रधानसेनापति शर्मासँग भेटघाट गरेका हुन्। भेटघाटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकरी दिएको छ। श्रीवास्तव नेपालका लागि भारतीय राजदूतमा एक महिना अघि नै नियुक्त भएका थिए। तर, केही…

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २४ भदौबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । शुक्रबार राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै शर्मालाई मन्त्रिपरिषदको सिफारिशमा नियुक्त गरिएको हो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा घरबिदामा बसेपछि उनी कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका छन् ।

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन्। नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका […]

प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौं । नयाँ सेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भदौ २४ देखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन् । अहिलेका सेनापति […]

प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट विदामा, कायममुकाय प्रधानसेनापतिमा शर्मा

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट विदामा बस्दै छन्। भदौं २४ गतेबाट अवकास पाउन लागेका थापा नेपाली सेनाको चलन अनुसार अवकास अघि विदामा बस्न लागेका हुन्। थापा विदामा बस्ने भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त भइसकेका छन्। साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई…

कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडाैं । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शर्मालाई साउन २६ गतेदेखि लागु हुनेगरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति थापा अनिवार्य अवकाशमा जाने भएपछि राष्ट्रपतिले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेको हो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन...

प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति नियुक्त

काठमाण्डाै – नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २५ गते सकिने भएकाले साउन २५ गतेदेखि घर बिदामा बस्दै हुनुहुन्छ । थापा घर बिदामा बस्न लाग्नुभएकाले जेष्ठताका क्रममा रहनुभएका शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी...

प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त

काठमाडौं। बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नियुक्त गरेकी हुन्। प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि यही भदौ २४ गतेबाट समाप्त भई अनिवार्य अवकाश पाउँदै छन्। उनी साउन २५ गतेबाट घर बिदामा बस्दैछन्।

प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

काठमाडौं, साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गनुभएको छ । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गर्नुभएको छ ।

कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस

कामु प्रधानसेनापतिमा बलाध्यक्ष रथी प्रभुराम शर्मा सिफारिस भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सिफारिस गरेको हो । राष्ट्रपतिले कामु प्रधान सेनपातिमा शर्मालाई नियुक्त गर्ने छिन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले...