प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

काठमाडौं, साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गनुभएको छ । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गर्नुभएको छ ।

सम्बन्धित सामग्री

कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडाैं । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शर्मालाई साउन २६ गतेदेखि लागु हुनेगरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति थापा अनिवार्य अवकाशमा जाने भएपछि राष्ट्रपतिले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेको हो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन...