एमसीसी पास गर्न अमेरिकाले एमालेलाई फकाउँदैछ : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीलाई मिलाएर एमसीसी पास गराउन अमेरिका लागि परेको बताएका छन् । उनले एमसीसी पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाईरहेको दाबी गरे ।
काठमाडौं : संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाले दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले आज बिहान एक विज्ञप्ति जारी गरेर नेपालसँगको अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यतामा रहेर दीर्घकालीन समृद्धिका लागि सहयोग गरिरहने प्रतिबद्धता जनाएको हो। उसले ५० करोड डलर अनुदानको एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अघि बढ्नसक्नेस्थिति सिर्जना भएकोसमेत बताएको
काठमाडौँ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ। अमेरिकाले संसद्को निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको […]
विराटनगर-नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास नभए मुलुक गम्भीर आर्थिक संकटमा फस्ने चेतावनी दिएका छन् ।राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस विराटनगर ९ नम्बर वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अमेरिकासँग सम्झौता भइसकेकाले एमसीसी पास गर्नुको विकल्प नभएको प्रस्ट पारे । उनले एमसीसी नेपालबाट फिर्ता गए अमेरिकाले विश्व […]
अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न फेब्रुअरी २८ सम्मको समय दिएको छ । नेपालका राजनीतिक दलहरुबीच एमसीसीबारे चर्को मतभेद भइरहेको बेला अमेरिकाले संसदबाट पारित गर्नका लागि अल्टिमेटम नै दिएको हो । अन्यथा एमसीसी फिर्ता हुने अमेरिकाले सन्देश दिएको छ ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै नेपालमा एमसिसी कार्यान्वयन लागि अबको तीन साता निकै महत्वपूर्ण रहेको बताइन्। अब एमसीसीको समय थप्न नसकिने उनको भनाइ थियो ।
उनले भनिन्, ‘फेब्रुअरी २८...
काठमाडौं, १६ माघ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न दबाब बढेको छ । उनले सत्ता गठबन्धनका नेताहरुसँग एमसीसी पारित गर्ने विषय फेरि उठाएको बुझिएको छ । एमसीसी पारित गर्न अमेरिकाले समयसीमा समेत तोकेर देउवालाई सन्देश पठाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार अबको एक महिनाभित्र एमसीसी पारित […]
काठमाडौं, १७ मंसिर । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आव्हान गरेको खुलेको छ । उक्त दिनभित्र एमसीसीबारे टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ । अमेरिकी विदेश सहायक विदेशमन्त्री डोनाल्ड लू नोभेम्बरमा नेपाल आएर एमसीसीबारे निर्णय दिने समयसीमा दिएर गएका थिए […]
नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताएका हुन् ।अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे । मैनालीले चीनलाई सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको दाबी
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने दाबी गरेका छन् । मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने दाबी गरेका हुन् । ‘अमेरिकालाई कूटनीतिक नोट पठाएको […]