एमसीसी पास गर्न २८ मंसिरमा संसद बैठक

काठमाडौं, १७ मंसिर । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आव्हान गरेको खुलेको छ । उक्त दिनभित्र एमसीसीबारे टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ । अमेरिकी विदेश सहायक विदेशमन्त्री डोनाल्ड लू नोभेम्बरमा नेपाल आएर एमसीसीबारे निर्णय दिने समयसीमा दिएर गएका थिए […]

सम्बन्धित सामग्री

सुरु भएलगत्तै स्थगित भयो संसद बैठक (तस्बिरहरु)

काठमाडौँ– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। बैठक सुरु भएको केहीबेरमै स्थगित भएको हो। बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेश गरिएको छ। एमाले सांसदको नाराबाजीकाबीच उक्त प्रतिवेदन पेश गरिएको हो। संसदको अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने छ। एमसीसी पास भएपछि बुधबार पहिलो पटक संसद बैठक बसेको […]

२ वटा संसद बैठक राखेर आजै एमसीसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले आज आइतबार नै एमसीसी पारित गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनको आज आइतबार बसेको बैठकले आज नै २ वटा संसद बैठक राखेर एमसीसी पास गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता तथा राजनीतिक संयन्त्रका संयोजक राम चन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । संसदमा उठेका सबै विषय सम्बोधन हुने गरि छुट्टै व्याख्यात्मक घोषणा तयार गरिने र एमसीसीको मुख्य सम्झौतासंगै व्याख्यात्मक घोषणा पनि पारित हुने उनले बताए । एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ ।   संसद सचिवालयले तयार पारेको कार्यसूची   'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ। यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो ।  एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले  अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।यस अघिसम्म माओवादीले कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नसकिने अडान राखेको थियो । तर एमसीसी कै कारण गठबन्धन भत्किने र सत्ता समिकरण नै फेरबदल हुन सक्ने अवस्था आएपछि माओवादीले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ ।   संसद सचिवालयले तयार पारेको कार्यसूची   'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ।यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो ।  एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

संसद बैठक सारेर देउवाले थाले ओलीसँग छलफल, गठबन्धन टुटेर नयाँ समीकरणको संकेत

आज बिहिबार बस्ने भनिएको संसद बैठक स्थगित गर्न लगाएका प्रधानमन्त्री शेर बहादुर देउवाले संसद भवन भित्रै नै एमाले अध्यक्ष केपी ओलीसँग बैठक सुरु गरेका छन् । देउवाले एमालेसँग संवाद गर्नको लागि समय आवश्यक भएको भन्दै आजको संसद बैठक स्थगित गरेर भोलिको लागि राख्न आग्रह गरेका थिए ।सोहि अनुसार संसद सचिवालयले बैठक भोलि शुक्रबार १ बजेसम्मको लागि स्थगित गरेको छ । बैठक स्थगित भए लगत्तै देउवाले ओलीसँग छलफल थालेका हुन् । छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।देउवाले एमसीसी पास गर्न ओलीको साथ खोजेका छन् । ओलीले भने आफ्ना माग पुरा नभए सम्म कुनै पनि संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएका छन् । एमालेले सभामुखले राजिनामा दिनु पर्ने र आफ्ना पार्टीले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई संसद बैठकमा राखेर संसद चल्न दिन नसक्दै बताउदै आएको छ । एमालेले नेकपा एकिकृत समाजवादीका ति १४ जनालाई गैर सांसदको संज्ञा दिदै आएको छ । गैर सांसद राखेर संसद बैठक चल्न नसक्ने एमालेको अडान छ । देउवाले यस अघि पनि पटक पटक एमालेसँग संवाद गरेका थिए । यस पटकको छलफल भने निर्णायक हुने बताईएको छ । हालको सत्ता गठबन्धन भत्किने संकेत समेत नेताहरुले गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले  आज संसद भवनबाट बाहिरिने क्रममा गठबन्धन बन्नु र भत्किनु ठूलो कुरा नभएको बताएका थिए  । त्यस्तै एमाले सचिव योगेश भट्टराईले गठबन्धन रहेसम्म देशले निकास नपाउने बताएका थिए  । अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने भट्टराईको भनाई थियो। कांग्रेस नेताहरुले समेत सत्तामा बस्ने तर सरकारले ल्याएको प्रस्ताव पास नगर्ने हो भने सरकारमा बस्नुको औचित्य समाप्त हुने बताउदै आएका छन् । यिनै कारण सत्ता समीकरणमा फेरबदलको सम्भावना अधिक रहेको नेताहरु बताउछन् । आज बस्ने भनिएको बैठकमा एमसीसीको कार्यसूची समावेश गरिएको थियो । संसद सचिवालयले तयार पारेको कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीको विषय समावेश थियो । दोस्रो नम्बरको कार्यसूचीमा  'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख थियो ।तर बैठक बस्दै नबसी शुक्रबारसम्मको लागि स्थगित भएको छ ।  यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो । बिहिबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुन लागेको हो। एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

एमसीसीबारेको शीर्ष नेताहरुको बैठक निष्कर्षबिहिन, शुक्रबार फेरी बस्ने

सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।  अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको बैठकमा दलहरुले आ-आफ्नो नछोडेपछि बैठक विना निष्कर्ष टुंगिएको हो।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा जसरी पनि एमसीसी टेबल गर्ने बताएका थिए । बैठकमा उनले एमसीसी पास फेल जे भए पनि संसदमा टेबुल गर्न दिनु पर्ने बताएका थिए । तर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने संसदको अवरोध नखुली एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका छन्। सोहि कारण बैठक बिना निष्कर्ष टुंगिएको हो ।संसद बैठक भोली शुक्रबारको लागि बोलाईएको छ । संसद बैठक अघि पुन: गठबन्धनको बैठक बस्ने सहमति भएको छ । जस अनुसार भोलि बिहान ९ बजे सत्तारुढ चार दलका शीर्ष नेताहरुको पुन: बैठक बस्ने छ ।

१४ सांसदलाई बर्खास्त नगरेसम्म संसद अवरोध हट्दैन, भ्रम नछरौं : एमाले

काठमाडौं : नेकपा एमालेले आफ्ना मागको सम्बोधन नभएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ। आफ्नो पार्टीबाट अलग भएका १४ सांसद बर्खास्त नगरेसम्म लगातार संसद बैठक अवरुद्ध पार्ने एमालेले चेतावनी दिएको हो। एमालेका महासचिव शंकर पोखरेलले आज सामाजिक सञ्जालमा लेखेका छन्, ’जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन। भ्रम नछरौँ।’एमालेले सभामुखलाई बर्खास्त गरे एमसीसी पास गर्ने शर्त अघि सारेको भन्ने समा

संसद बैठक आज बस्दै, नेपालबारे निर्णय गर्न एमसीसीको बोर्ड बैठक पनि आजै

आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो २ बजेको लागि बोलाईएको छ । संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसुची अनुसार आजको बैठक ६ वटा अध्यादेश पेश हुने छ । सरकारले ६ वटा अध्यादेश जारी गरेपछि संसद अधिवेशन अधिवेशन आह्वान गरेको थियो । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ,  सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्य सूची रहेको छ। त्यस्तै आजको बैठकमा  “नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)      अध्यादेश, २०७८' पेश गर्ने, “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८' पेश गर्ने,  “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८' पेश गर्ने, ।  'रेल्वे अध्यादेश, २०७८' पेश गर्ने,  “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८' पेश गर्ने र “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८' पेश गर्ने कार्यसूची रहेको छ ।आजको बैठक पनि अवरोध गर्ने नेकपा एमालेको तयारी छ  ।आजको बैठकमा एमसीसी समबन्धि प्रस्ताव पेश हुने चर्चा चले पनि सम्भावित कार्यसुचीमा भने यसबारे समावेश गरिएको छैन । आज नै मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्ने भएको छ । उक्त बैठकमा नेपालको एमसीसीबारे पनि छलफल हुने एजेण्डा तय भएको छ । दलहरु विभाजित भएर नेपालमा एमसीसी संसदबाट पारित हुन नसकिरहेको अवस्थामा हुन लागेको एमसीसीको बोर्ड बैठकलाई महत्वका साथ हेरिएको छ ।यस अघि एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपाल आएर एमसीसीबारे विभिन्न दल तथा सरकारको आधिकारिक धारणा बुझेर फर्किएकी थिईन्। अमेरिकाले एमसीसीबारे छिटो निर्णय गर्न नेपाललाई दबाब दिदै आएको छ । नेपालले समयमा नै निर्णय नगरे सहयोग फिर्ता लैजाने चेतावनी अमेरिकाले दिने गरेको छ । यस अघि नेपाल सरकारले एमसीसीबारेका विभिन्न प्रश्नहरु समेटेर एमसीसीलाई पठाएको थियो । एमसीसीले त्यसको जवाफ पनि दिइसकेको छ । एकै दिन अमेरिकामा एमसीसीको बोर्ड बैठक बस्नु र नेपालमा पनि सोहि दिन संसद बैठक आह्वान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी पास हुनु पर्ने बताउदै आएका छन् । सोहि कारण कतिपयले आज नै संसदबाट एमसीसी पास हुन सक्ने आँकलन गरेका छन् । एमसीसी यस अघि नै संसदमा पेश भईसकेको छ । सम्भावित कार्यसूचीमा नपरेको भएपनि सभामुखले यसलाई सभामा पेश गर्न सक्ने छन्  । एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।

एमसीसीको बोर्ड बैठकमा नेपालबारे पनि छलफल हुने, सोहि दिन नेपालमा संसद बैठक

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक आगामी मङ्सिर २८ गते बस्ने भएको छ । उक्त बैठकमा नेपालको एमसीसीबारे पनि छलफल हुने एजेण्डा तय भएको छ ।दलहरु विभाजित भएर नेपालमा एमसीसी संसदबाट पारित हुन नसकिरहेको अवस्थामा हुन लागेको एमसीसीको बोर्ड बैठकलाई महत्वका साथ हेरिएको छ ।यस अघि एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपाल आएर एमसीसीबारे विभिन्न दल तथा सरकारको आधिकारिक धारणा बुझेर फर्किएकी थिईन्। अमेरिकाले एमसीसीबारे छिटो निर्णय गर्न नेपाललाई दबाब दिदै आएको छ । नेपालले समयमा नै निर्णय नगरे सहयोग फिर्ता लैजाने चेतावनी अमेरिकाले दिने गरेको छ । यस अघि नेपाल सरकारले एमसीसीबारेका विभिन्न प्रश्नहरु समेटेर एमसीसीलाई पठाएको थियो । एमसीसीले त्यसको जवाफ पनि दिइसकेको छ ।  एमसीसी बोर्ड बैठक बस्ने दिन अर्थात् मङ्सिर २८ मै नेपालमा संसद बैठक बस्दै छ । एकै दिन अमेरिकामा एमसीसीको बोर्ड बैठक बस्नु र नेपालमा पनि सोहि दिन संसद बैठक आह्वान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी पास हुनु पर्ने बताउदै आएका छन् । सोहि कारण कतिपयले मङ्सिर २८ मै संसदबाट एमसीसी पास हुन सक्ने आँकलन गरेका छन् । एमसीसी यस अघि नै संसदमा पेश भईसकेको छ ।  एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।

नेकपा विप्लव समूहको चेतावनी- सरकारले एमसीसी अघि बढाउने मूर्खता नगरोस्

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सरकारलाई अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अघि बढाउने मुर्खता नगर्न चेतावनी दिएका छन् ।  काठमाडौंमा शनिवार पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेकपाले एमसीसी नेपालको राष्ट्रियतामाथि हमला गर्ने नियतका साथ आएकाले उक्त सम्झौतालाई अघि बढाउन नहुने जिकिर गरेका छन् ।  नागरिकस्तरबाट एमसीसीको विरोध भइरहेको बेला सरकारले संसद बैठक बोलाएर एमसीसी पास गर्ने प्रयास गरिरहेको उनले आरोप लगाए ।  &ls...