बालिका र राँगो पछि खाल्डोमा खस्यो कार

काठमाडौं । जताततै खाल्डदाल्डो रहेको काठमाडौं उपत्यकामा कहिले बालिका त कहिले राँगो परेर ज्यानै समेत गईरहेको बेला बिहिबार विहान फेरि एउटा चारपांग्रे सवारी पनि खाल्डोमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यका भित्रका सडकमा रहेको खाल्डाखुल्डी पुर्न निर्देशन दिएको तेस्रो दिन नै महाराजगन्जको निर्मल निवास अगाडिको खाल्डोमा कार खसेको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री र गृहमन्त्रीबारे ओली : लडेको राँगो मैले पछारेको

२६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् । एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारविरोधी काममा सरकारको योगदान नै नभएको बताए । ‘अहिलेको सरकार, खासगरी प्रधानमन्त्री र गृहमन्त्री, लडेको राँगो मैले पछारेको’ ओलीले भने । […]

मित्र राष्ट्रको राँगो

राँगोका सिङमा रिङ टोन बज्न थाल्यो । रिङ टोनको बोल थियो, ‘गर्नु गर्‍यौ बलराम भैँसी पालेर’ । राँगो हाम्रै मुक्तिमुखी मधेशतिरको हुँदो हो त नेपाली रिङ टोन धेरथोर बुझ्दो हो । तर, त्यो पर्‍यो बिहारवासी । विरानो देश, बिरानो रिङ टोन । राँगो तर्सियो ।

बहुमूल्य वीर्य भएको संसारकै धनी राँगो, जसले हरेक महिना कमाउँछ ४० लाख

थाइल्याण्डमा एउटा राँगो चर्चामा छ । यो राँगोले आफ्ना मालिकका लागि हरेक महिना मनग्य आम्दानी गरिदिने गरेको छ । उक्त भाले अर्नाको वीर्य यति महंगो छ कि त्यसले गर्दा उसका मालिक करोडपति बनिसकेका छन् । उनले राँगोको वीर्य बेचेरै मासिक ४० लाख रुपैयाँ कमाइरहेका छन् । उक्त राँगोको वीर्यलाई भैंसीमा नश्ल सुधारका लागि प्रयोग गर्ने […]

राँगो चोरी गर्ने मोहमद प्रहरी नियन्त्रणमा

झापा ।  झापा गाउँपालिका वडा नं. ४ का अमालो मियाँको गोठबाट २ राँगो चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।  चोरीको अबर पाउनासाथ प्रहरीले स्थानीय मानिसहरूको सहयोगमा खोजतलास गर्दै जाँदा नेपाल भारतको

नवदुर्गा द्योछेंमा भित्र्याइयाे दसैंको खम्ये

महिषासुरको प्रतीकका रुपमा खम्ये जात्राका लागि मन्दिरमा चढाउने राँगो ठूलो र निख्खर कालो हुनुपर्छ। यसका लागि सधैं तलेजु मन्दिरका पदाधिकारीको संलग्नतामा विभिन्न ठाउँमा भनेजस्तो राँगो खोजिन्छ र आवश्यक पैसा इच्छाएको व्यक्तिले राखिदिने चलन छ।...

‘मौलामा बाँधिएको राँगो’ कविता सङ्ग्रह लोकार्पण

कवि नवीन अभिलाषीको कविता सङ्ग्रह ‘मौलामा बाँधिएको राँगो’ सार्वजनिक भएको छ।

रेस्टुराँमा पसेर राँगोले मान्छे लडाएपछि... (भिडियो)

चीनको च्याङ्सु प्रान्तमा एउटा राँगो रेस्टुराँमा पसेर त्यहाँ उभिएका एक मानिसलाई सिंगले हानेर हावामा उडाएर पछारेको अनौठो भिडियो सार्वजनिक भएको छ ।  गत डिसेम्बर ३१ मा राँगो रेस्टुराँमा पसेको थियो र मानिसलाई लडाएको थियो ।  लडेका मानिसको गोडामा चोट लागेको छ । उनका साथीले उनलाई सुरक्षित स्थानमा लगेका थिए भने राँगो टेबल र कुर्सी लडाएर विध्वंस मच्चाउँदै भागेको थियो ।  घटनाको भिडियोमा दुईजना मानिस रेस्टुराँमा उभिरहेको देखिन्छ । एकजना पिइरहेका थिए भने अर्का फोनमा थिए । भैंसी रेस्टुराँको अगाडिपट्टि...

भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा

२८ असोज, भक्तपुर । भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा मनाइएको छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादशैंको महानवमीको साँझ मनाउने परम्परा छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेयलाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिई जात्रा मनाउन थालिएको हो । यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा […]

ब्याउने राँगो

एकजना वृद्ध बाउका दस छोरा थिए । तिनीहरुको एउटा निजी कम्पनी थियो । कम्पनीको नेतृत्वमा बृद्ध बाउ आफैं थिए । बाउको अक्षमता र अकर्मण्यताले कम्पनी घाटामा गइरहेको थियो, तर उनलाई यसको रत्तिभर मतलव थिएन । चिन्ता थियो त केवल पदको, मालिकपनको, ठालूपनको । पारिवारिक छलफलमा छोराहरू बारम्बार भन्थे– ‘बा ! अब हामी सम्हाल्छौं कम्पनीको नेतृत्व […]