मेयरका उमेदवारको प्रतिबद्धता : विराटनगरको साख फर्काउनेदेखि डुबान हटाउनेसम्म

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सोमबार विराटनगरको मेयर पदमा मनोनयन दर्ता गरेको उमेदवारले विराटनगरमा आमूल परिवर्तन गर्न आफूले पहल लिने प्रतिबद्धता जनाएका छन् ।  कतिपयले मनोनयन दर्ता गराएपछि आफ्ना प्रतिबद्धताबारे संचारकर्मीहरूलाई जानकारी गराएका छन् । यस क्रममा ठूलादेखि साना राजनीतिक दलबाट उमेदवार बनेका नेताले पहिचान गुमाउँदै गएको विराटनगरमा आमूल परिवर्तनको...

सम्बन्धित सामग्री

खानेपानी सुधारको आयोजना छिटो शुरू गर्न पहल

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै शुरू गर्न आग्रह गरेका छन् । केही दिनअघि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल शुरू गर्न उनले आग्रह गरेका हुन् । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थ मन्त्रालयका सचिवले गतवर्ष फागुनमै हस्ताक्षर गरेका थिए । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै मेयर कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षण समेत गरेका थिए । सो अवसरमा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता गरेको स्मरण गराए । जाइकाले निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा खानेपानी समस्या समाधान हुने दाबी उनले गरे । जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ । उक्त आयोजनाले विराटनगरको खानेपानी क्षेत्र सुधारको लक्ष्य लिएको छ । भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा समेत छलफल भएको महानगरका अन्तरराष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताए ।   यसैबीच, मेयर कोइरालाले यूएसआईडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसँग भेटघाट गरेका छन् । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाइ, पार्किङ, फूटपाथ व्यवस्थापनलगायत सुधारको शुरुआत गरेको उनले बताएका थिए । मेयर कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकार प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको बताए । समावेशी शिक्षा, स्वास्थ्यका विषयमा पनि उनले केभ्यान्सदसँग संवाद गरेका थिए ।