यसभन्दा अघि २०७४ सालको चुनावमा पनि म्यादी प्रहरीको जागिर खानु भएकी गोदावरीकी अनिता परियार यसपटक पनि म्यादीमा जागिर खान पाइन्छ कि भनेर आवेदन दिन ललितपुर जावलाखेलको महानगरीय प्रहरी वृत्त अगाडि लाममा बस्नु भएको छ ।
बच्चा घरमा छोडेर आउनु भएकी परियार दिउँसोको टण्टलापुर घामबाट जोगिन आवेदन दिने फाइलले टाउको छेल्दै उभिइरहनु भएको छ । ‘यो रहर होइन बाध्यता हो । साधारण लेखपढ भएको हामीजस्तो केटी मान्छेलाई कुनै काम नै छैन नि त । बेरोजगारी छ । केटा मान्छेलाई त अलि काम छ बरु हामी जस्तो गृहिणीका लागि त काम नै ...