वर्लपुलको पानी प्रशोधन यन्त्र बजारमा

विश्वप्रसिद्ध उपकरण निर्माता वर्लपुलले पानी सुद्ध गर्नका लागि नयाँ वाटर प्युरिफायर नेपाली बजारमा ल्याएको छ। नयाँ मोडलमा उपलब्ध प्युराट्रोन वाटर प्युरिफायरमा इएटी प्रविधि जडान छ। जसले पानीका आवश्यक तत्व कायम राखी विकारहरु हटाउन मद्दत पुग्ने कम्पनीको भनाइ छ। प्रशोधनको क्रममा पानी खेर नजाने र रिजर्भ ओस्मोसिस (आरओ) यसको एउटा महत्वपूर्ण पक्ष रहेको नेपालका लागि आधिकारिक…

सम्बन्धित सामग्री

सिर्सिया नदीको प्रदूषण रोकिएन, उद्योगको फोहोर पानी प्रशोधन गर्न अटेर

२३ चैत, वीरगञ्ज । वीरगञ्जस्थित उद्योगहरुले सिर्सिया नदीमा फोहोर पानी प्रशोधन नै नगरी खसाल्ने काम अझै रोकेका छैनन् । प्रशोधन विनाको फोहोर पानी सिधै नदीमा मिसाउने उद्योगहरुलाई यसअघि जरिवाना तिराउँदै त्यसो नगर्न चेतावनी दिए पनि उद्योगीहरुले अटेर गर्दै आएका छन् । मेयर राजेशमान सिंह सहितको टोलीले बुधबार अनुगमनको क्रममा विभिन्न उद्योगले प्रदूषित पानी नदीमा खसाल्ने […]

मन्त्री चौधरीद्वारा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षण

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज निरीक्षण गरेका छन् । मन्त्री चौधरीले फोहोर पानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपायहरुका बारेमा सम्बन्धित पदाधिकारीहरूबाट जानकारी लिए ।धोविघाटमा रहेका दुईवटा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन क्षमताको एउटा केन्द्र क

मेलम्ची पानी प्रशोधन केन्द्रमा भट्टराईको शालिक

खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताएका छन् ।मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्ण कदको शालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौबासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पूरा गर्ने बताए । मन्त्री चौधरीले २ पटकसम्म […]

मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास

काठमाडौँ- काठमाडौँको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ । पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौँको थापाथलीमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाद्वारा एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलव ३ एमएलडी प्रशोधन […]

हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण सुरु

भक्तपुर नगरपालिका–७ हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्य सुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा निर्माण हुने उक्त प्रशोधन केन्द्रको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहका बीच आइतबार शुभारम्भ गरेका हुन् ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन […]

फेरि सञ्चालनमा आउने भयो भक्तपुरमा फोहोर पानी प्रशोधन केन्द्र

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले अहिले फेरि प्रशोधन केन्द्र सञ्चालनको तयारी थालेको हो। यसका लागि भक्तपुर नगरपालिका वडा नं. ७ को संयोजन रहने जनाइएको छ।...

भक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरु

भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त निर्माण कार्य सुरु गरिएको हो । प्रशोधन केन्द्र निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उद्घाटन गरेका हुन् । आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११.५७ लिटर प्रति से

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

काठमाडौं, चैत ५ । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता […]