कैदीवन्दीलाई बिजुली जडान सीप

जुम्लामा कारागारमा वन्दी जीवन विताउँदै आएका कैदीवन्दीलाई बिजुली जडान सम्वन्धी सीप सिकाइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा कैदीवन्दीलाई एक महिने विजुली जडान (हाउस वाइरिङ) सम्वन्धी...

सम्बन्धित सामग्री

शिक्षामा सीप कार्यक्रमपछि दरबार हाई स्कुलमा शनिबार पनि पठनपाठन

ऐतिहासिक धरोहर मानिने दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न थालिएको छ । काठमाडौँको मुटुमा रहेको यस विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य कला, बिजुली जडान तथा मर्मत कार्यक्रमलाई छनोट गरिएको छ । उक्त कार्यक्रम शुक्रबार मात्रै गर्ने भनिए पनि समय अपुग भएपछि शनिबार पनि अतिरिक्त क्रियाकलापअन्तर्गग …

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन - NepaliPatra

काठमाडौँ । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न थालिएको छ । विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य कला, बिजुली जडान तथा मर्मत कार्यक्रमलाई छनोट गरिएको छ । उक्त कार्यक्रम शुक्रबार मात्रै गर्ने भनिए पनि समय अपुग भएपछि शनिबार पनि अतिरिक्त क्रियाकलाप अन्तर्गत शिक्षामा सीप  […]

म्याग्दीकाे लभ्लीहिलमा हावाबाट बिजुली उत्पादन

म्याग्दी । म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । म्याग्दीको बेनी नगरपालिका-२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी उर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो। काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल उइन टर्वाइन गरी ४ […]

उर्जामन्त्री भुषालको आग्रह 'भान्सामा एल्पी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ'

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छिन् । उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गरेकी हुन्।ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको शुभारम्भ गर्दै उनले भनिन्, “घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । नयाँ महसुल दर लागू भएपछि एल्पी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।” ललितपुरको थँेचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बोस्को इष्टिच्युटसँगको साझेदारीमा नेपालमा पहिलो पटक त्यस्तो केन्द्र शुभारम्भ गरिएको हो ।आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले समृद्धिको लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको बताईन् । नेपाल विद्युत् प्राधिकरणले बीस युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने र कृषि सिँचाइमा प्रयोग हुने विद्युत्मा सहुलियत दिने निर्णय गरेको जानकारी गराउँदै उनले सो निर्णय कार्यान्वयन भएसँगै जनताले राहत पाउने विश्वास व्यक्त गरिन्।गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा उर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै त्यसको लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताए  ।नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताए ।नेपाल डन बोस्को सोसाइटीका अध्यक्ष फादर अगष्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँसहरसम्म सेवा दिने बताए  । उनले ऊर्जा क्षेत्रमा हरेक किसीमका जनशक्ति उत्पादन गर्ने विश्वास दिलाए । स्नाइडर इलेक्ट्रिक फाउन्डेशनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत अधिकार भएको बताउँदै केन्द्रको स्थापनापछि दक्ष जनशक्ति उत्पादन हुनुका साथै देशमा व्यावसायिक सीप विकास हुने विश्वास व्यक्त गरे।

६८३ मेवा क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माण गर्न नेपाल र बङ्गलादेश सहमत

भदौ ३०, काठमाडौं ।नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट(मेवा) क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी डिसेम्बरसम्म आयोजना निर्माणको ढाँचा र प्रक्रियाका बारेमा छलफल गरी अन्तिम निष्कर्ष निकालिनेछ । नेपालका तर्फबाट बङ्गलादेशलाई विभिन्न पाँच ओटा आयोजना प्रस्ताव गरिएको थियो । तीमध्ये बङ्गलादेशले सुनकोशी तेस्रोमा सहमति व्यक्त गरेपछि मंगलवार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले सो परियोजना अगाडि बढाउने निर्णय गरेको हो । सरकारीस्तरमा नै आयोजना जलविद्युत् आयोजना निर्माणका लागि भएको सहमति यो पहिलो हो ।            दुई देशको संयुक्त बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बङ्गलादेशका विद्युत् ऊर्जा, तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सहअध्यक्षता रहेको थियो । नेपाल र बङ्गलादेशका सोमवार सम्पन्न्न सहसचिवस्तरीय बैठकले दुई ठूला आयोजनामध्ये एक परियोजनालाई संयुक्त लगानीमा निर्माणका लागि प्रस्ताव गरेको थियो । त्यसमा सुनकोशी तेस्रो र खिम्ती शिवालय थिए ।            बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट कुल ९ हजार मेगावाट बिजुली लैजान चाहेको छ । बढ्दो ऊर्जाको माग सम्बोधन गर्न स्रोतको खोजीमा रहेका बङ्गलादेशले नेपालसँग सरकारी र निजी दुवै क्षेत्रमा सहकार्य गरेर लगानी गर्न चाहेको छ । दुई देशका ऊर्जा सहसचिवको संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप) को बैठकले खिम्ती शिवालय र सुनकोशी तेस्रो जलविद्युत् आयोजनामध्ये कुनै एक आयोजना संयुक्त रूपमा निर्माणका लागि सिफारिश गर्ने निर्णय गरेका थियो । सोही प्रस्तावका आधारमा आज सहमति जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए।            ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बनाएको अध्ययन समितिले अरुण चौथो, किमाथाङ्का अरुण, सुनकोशी तेस्रो, खिम्ती शिवालय र प्रदेश नं १ को अन्य कुनै एक आयोजना प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा आज भएको दुई देशका सहसचिवस्तरीय बैठकले ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो र ६५० मेगावाट क्षमताको खिम्ती शिवालयमध्ये एक आयोजना सरकारी स्तरमा नै लगानीका लागि प्रस्ताव गर्ने निर्णय गरेको थियो ।            विवरणअनुसार सुनकोशी तेस्रोको अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ ।  ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता भेटुवालले दुई देशका बीचमा ऊर्जा क्षेत्रको आदानप्रदान, संयुक्त लगानी, ऊर्जाको क्षेत्रका एक अर्का देशले प्राप्त गरेको ज्ञानको आदानप्रदानलगायत विषयमा बैठकमा महत्वपूर्ण सहमति भएको छ । त्यस्तै, नवीकरणीय ऊर्जाको सम्बन्धमा पनि दुई देशका सम्वद्ध निकाय बीच प्रविधि र सीप आदान प्रदान गर्ने सहमति भएको छ ।            बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कुल ५०० मेगावाट बिजुली खरीद गर्ने सम्झौता यसअघि नै गरिसकेको छ । भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्ने भनिएको ९०० मेगावाट क्षमताको आयोजनाको प्रक्रिया भने अगाडि बढ्न सकेको छैन । अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति झण्डै ५० प्रतिशतको हाराहारीमा पुग्न लाग्दा समेत माथिल्लो कर्णालीको काम नै शुरु हुन सकेको छैन ।            आवश्यक पूर्वाधार तयार भएको खण्डमा नेपालबाट तत्काल नै २०० मेगावाट बिजुली बङ्गलादेश निर्यातका लागि भारतको प्रसारण प्रणालीको उपयोग गर्नुपर्ने आवश्यकता छ । दुई देशको विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ । दीर्घकालीन रुपमा दुई देशबीच प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल, बङ्गलादेश र भारतबीच त्रिपक्षीय बैठकमार्फत सहमति जुटाई डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा सहमति जुटेको छ । नेपालले भारतको सीमासम्म पुग्ने प्रसारण प्रणाली निर्माण गर्नु आवश्यक छ भने बङ्गलादेशले पनि त्यस्तै तयारी गर्नुपर्ने देखिन्छ ।            कूटनीतिक रूपमा त्रिपक्षीय समझदारीका लागि वार्ता गर्ने समझदारी यसअघि नै भएको थियो । नेपाल र भारतका ऊर्जासचिव स्तरीय बैठकमा त्यस्तो समझदारी भएको भए पनि त्रिपक्षीय बैठक भने आयोजना हुन सकेको छैन । यस्तै, दीर्घकालमा नेपालको सीमादेखि भारतीय भूमि प्रयोग गरेर डेडिकेटेड प्रसारण लाइन निर्माण गर्न सकिने विषयमा पनि छलफल भएको छ । तत्कालका लागि भारतीय प्रसारण प्रणालीको उपयोग गर्ने विषयमा कानूनी, प्राविधिक एवं कूटनीतिक छलफल जरुरी रहन्छ । ऊर्जाको स्रोतको खोजीमा रहेको बङ्गलादेशले नेपालको निजी क्षेत्रसँग पनि मिलेर आयोजना निर्माण गर्ने प्रस्ताव यसअघि नै गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का पदाधिकारीलाई बङ्गलादेशको निजी क्षेत्रले पनि छलफल गरिरहेको छ ।            निजी क्षेत्रले पनि बङ्गलादेशको निजी क्षेत्रसँग मिलेर संयुक्त रूपमा आयोजना निर्माणको प्रस्ताव गरिसकेको छ । विद्युत् व्यापारका लागि निजी क्षेत्रका तर्फबाट स्थापना गरिएको नेपाल पावर एक्सचेञ्ज लिमिटेडमा बंगलादेशको निजी क्षेत्रले समेत लगानी गरेको छ ।            नेपाल र बङ्गलादेशका बीचमा विद्युत् विकासको क्षेत्रमा द्विपक्षीय सहकार्यको सुरुआत गर्ने प्रयोजनका लागि २०७५ साउन १८ गते समझदारी भएको थियो । समझदारीपत्रमा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदबीच हस्ताक्षर भएको थियो । द्विपक्षीय आर्थिक तथा व्यापारिक सहकार्यमार्फत अभिवृद्धि गर्ने, विद्युत् उत्पादन, ग्रीड कनेक्टिभिटी, ऊर्जा दक्षता नवीकरण, ऊर्जा तथा जलविद्युत्को विकासबाट हुने पारस्परिक हितलाई क्षेत्रीय हितमा रुपान्तरण गर्ने समझदारीमा उल्लेख छ ।            सो समझदारी लगत्तै तत्कालीन ऊर्जामन्त्री पुनले २०७५ भदौमा बङ्गलादेशको भ्रमण गरी ऊर्जा क्षेत्रमा संयुक्त लगानीका लागि बङ्गलादेशको सरकार र निजी क्षेत्रलाई आग्रह गर्नुभएको थियो । विद्युत् क्षेत्रमा सहकार्य तथा लगानी गर्न दुई देशका उद्यमीलाई प्रोत्साहन गर्ने तथा दक्षिण एशियामा रहेको जलविद्युत् क्षेत्रको विकासको अथाह सम्भावनालाई क्षेत्रीय तथा उपक्षेत्रीय तहको सहकार्य गर्ने समझदारीपत्रमा समावेश छ ।            सचिव तथा सहसचवस्तरीय समितिको पहिलो बैठक २०७५ मङ्सिर १८ गते भएको थियो भने दोस्रो बैठक २०७६ असार ८ गते भएको थियो । तेस्रो बैठकले लगानीका सम्भावनाको खोजीदेखि संयुक्त रूपमा आयोजना निर्माणसम्मका विषयलाई सम्बोधन गर्ने अपेक्षा लिइएको छ ।   रासस

१ लाखलाई सीप तालिम दिन ४० करोड बजेट विनियोजन

काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला,  बिजुली मर्मत, व्युटिसियन, सिलाई कटाइ लगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेका बताउनुभएको हो ।  विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकाको सीप विकास तथा क्षमता अभिवृद्धि गरी थप रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको छ ।

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

म्याग्दी।म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ। बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो।काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो।

म्याग्दीमा हावाबाट बिजुली निकालियो

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको लभ्लीहिलमा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको छ। काठ,जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले बताए। यसमा करिब एक लाख खर्च लागेको छ।

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

म्याग्दी।म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ। बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो।काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो।