१ लाखलाई सीप तालिम दिन ४० करोड बजेट विनियोजन

काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला,  बिजुली मर्मत, व्युटिसियन, सिलाई कटाइ लगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेका बताउनुभएको हो ।  विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकाको सीप विकास तथा क्षमता अभिवृद्धि गरी थप रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको छ ।

सम्बन्धित सामग्री

वित्तीय साक्षरता कक्षाका सहभागीलाई सीप तालिम र आयआर्जनमा जोड्दै जैमिनी

बागलुङको जैमिनी नगरपालिकाले पालिकामा सञ्चालन भएको वित्तीय साक्षरता कक्षाका सहभागीको मागलाई सम्बोधन गर्नका लागि आर्थिक वर्ष २०७८/८९ मा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटबाट कक्षाका सहभागीको माग अनुसार सीप तालिम सञ्चालन गरिरहेको छ भने आयआर्जनमा जोड्नका लागि पालिकाको अन्य कार्यक्रमसँग जोड्दै अनुदानसमेत दिइरहेको छ ।

बजेटमा श्रम रोजगार : श्रम मन्त्रालयलाई १४ अर्ब बजेट, यस्ता छन् कार्यक्रम

काठमाण्डौ –आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १४ अर्ब बजेट विनियोजन गर्नुभएको छ । बजेटले बेरोजगारलाई रोजगारी सृजना गर्नेदेखि सीप तालिम र सामाजिक सुरक्षाका कुरा समेटेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम गएका वर्ष झैँ सरकारले यस आउँदो वर्ष...