एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको चिसो सम्बन्ध पुस–माघको घामले के तताओस् ! दुई महिनायता यी दुई नेताबीच लगातार घाम–संवादहरू भए तर तिक्तता र चिसोपन हटेन । नतिजा, फेरि सम्बन्धविच्छेद भयो ।
२७ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकरहरुले ब्याजदरको भद्र सहमति हटाउने तयारी गरेका छन् । नेपाल बैंकर्स संघले बिहीबार बिहान संघको पूर्ण बैठक बोलाएको छ । १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर लगायतका विषयमा छलफल गर्न बैंकर्स संघको बैठक बस्न लागेको एक बैंकर्सले बताए । बैंकिङ प्रणालीमा अधिक तरलता भएर नेपाल राष्ट्र […]
३० भदौ, काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको छ । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने भएका छन् । बैंकहरुले असारका लागि हाल कायम रहेको ११.०३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार १० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि […]
काठमाडौं, २४ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्दा २०७४ सालमा प्रत्यक्षतर्फ विजयी भएका दलले उक्त सिट छाड्नुनपर्ने भद्र सहमति पहिल्यै भएको बुझिएको छ । गठबन्धन बन्दा नै सहमति गरेर नेताहरु अगाडि बढेका हुन् । विश्वस्त स्रोतका अनुसार गठबन्धन बन्दा नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न साथ दिने प्रत्यक्षतर्फ विजयी उम्मेदवारहरुको सिट भविष्यमा सुरक्षित हुने गरी […]
काठमाडौं, १८ साउन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २०७४ को चुनावमा भएको ‘भद्र सहमति’ तोडिएको उतिबेलै खुलिसक्यो । ‘भद्र सहमति’ अनुसार ओली र प्रचण्डबीच आधा आधा प्रधानमन्त्री बन्ने थियो । तर, ओलीले साँढे दुई वर्षपछि प्रधानमन्त्री छाड्ने छाँटकाँट नदेखाएपछि तत्कालीन नेकपाभित्र भाँडभैलो मच्चियो । नेकपाको विवादमा जे जस्तो कारण देखाइएपनि […]
२७ चैत, काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महीनाका लागि निक्षेपमा नयाँ ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत नै कायम गर्ने भद्र सहमति गरेका छन् ।
ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतवार बसेको बैठकले चैतका लागि तोकिएको ब्याजदर नै वैशाखका लागि पनि कायम गर्ने भद्र सहमति गरेको स्रोतले बताएको छ ।
बैंकहरुले हरेक महीना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।
तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । यस अघि फागुनमा नै ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर तोकिएको थियो । चैतमा पनि सोही ब्याजदर कायम थियो ।
फागुन महीनामा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १० दशमलव शून्य ३ प्रतिशत र साधारण बचतको ६ दशमलव शून्य ३ प्रतिशत कायम गरेका थिए ।
काठमाडौं, २६ फागुन । सत्ता गठबन्धनका चार दलबीच चुनावी तालमेलको भद्र सहमति भइसकेको बुझिएको छ । एमसीसी अनुमोदन गर्ने सहमति हुँदा चार दलका शिर्ष नेताबीच यस्तो सहमति बनेको बुझिएको छ । आज प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने संकेत गरे । उनले कसैले पनि एक्लै बहुमत ल्याउने अवस्था […]
काठमाडौं, २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भद्र सहमति भएको छ । यो सहमतिसँगै ओलीको चाहना अनुसार देउवा वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न तयार भएका छन् । उनले मन्त्रिपरिषदबाट निर्णय गराएर चुनावको मिति सिफारिश समेत गरेका छन् । ३० वैशाखमा चुनावको मिति तय गरी सिफारिश भएको छ । […]
तीन वर्षपछि फेरि निक्षेपको ब्याजदर १० प्रतिशतको सीमाभित्रै राख्न बैंकरहरूबीच भद्र सहमति भएको छ । बैंकरहरूको संस्था नेपाल बैंकर्स एसोसिएसनको कार्यकारी समिति सदस्यहरूको बैठकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धाको अवस्था नआओस् भन्दै ब्याजदर...
काठमाडौँ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच शीतल निवासमा ‘भद्र सहमति’ भएको बुझिएको छ । मध्यरातसम्म शीतल निवासमा भएको छलफलले नयाँ घटनाक्रम विकसित गरेको र आन्तरिक छलफलमा जुटेका प्रधानमन्त्री ओलीले छिट्टै केही नयाँ सन्देश दिने एक नेताले बताए । दुवै नेताबिच राष्ट्रपतिको उपस्थितिमा भएको भनिएको भद्र सहमतिबारे […]