चोलेन्द्र शमशेरसँग बयान लिन सुरु (फोटोफिचर)

काठमाडौं, १५ भदौ । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बयान लिन सुरु गरेको छ । समितिलाई बयान दिन राणा सिहंदरबार पुगेका थिए । गत फागुनमा सत्तारुढ दलका सांसदले राणाबिरुद्ध महाभियोग दर्ता गरेका थिए । राणाविरुद्ध अध्ययन गर्न ११ सदस्यीय समितिको गठन गरिएको छ । जसमा एकवाल मियाँ, मीनबहादुर विश्वकर्मा, लालबाबु पण्डितलगायतका नेताहरु […]

सम्बन्धित सामग्री

अन्तिम बयान दिँदै चोलेन्द्र शम्शेर, आज बेलुकासम्म प्रतिवेदन बुझाइने

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिवार बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठकमा राणा सहभागी छन् । यसअघि ४३ वटा प्रश्नमाथि बयान दिएका राणाले सो बयानको लिखतमा हस्ताक्षर गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको बाचन सुन्दै हस्ताक्षर गरिरहेका छन् । राणाले दिएको बयानको लिखत संसद सचिवालयका कर्मचारीले वाचन गरेर सुनाइरहेका छन् । बयानमा हस्ताक्षरपछि उनी

बयान दिन चोलेन्द्र महाभियोग सिफारिस समितिमा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन महाभियोग सिफारिस समिति पुगेका छन्। शुक्रबार बिहान ९ बजे जबरा समिति पुगेका हुन्। अब केही बेरमा उनको बयान सुरु हुने छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी […]

चोलेन्द्र महाअभियोग प्रकरण : सर्वोच्चका न्यायाधीश समितिमा बयान दिन नजाने

काठमाडौं : सर्वोच्च अदालतको फुलकोर्ट बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ।आज बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत न्यायाधीशलाई बयानका लागि समितिले बोलाइएकाले नजाने निर्णय गरेको हो।महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित हुनु, न्यायाधीशलाई सोधपुछ सवाल जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानसम्मत उचित नहुने भएकाले बयान दिन आफूहरु समितिमा सहभागी&

कालो टीका लगाएर चोलेन्द्र शमशेरको पाँचौँ दिनको बयान

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले पाँचौँ पटक बयान दिएका छन् । मंगलबार महाभियोग सिफारिस समितिसमक्ष सिंहदरबारमा बयान दिएका छन् । कूल ४३ प्रश्नमध्ये मंगलबार उनलाई प्रश्न नम्बर ३६ देखिका प्रश्न सोधिएको थियो ।बयान दिन कालो टीका लगाएर आएका राणाले समितिले गरेको प्रश्नमा उल्टै प्रतिप्रश्न समेत गरेका छन् । बैठकमा समिति सभापति रामबहादुर विष्टले उनलाई अघिल्लो दिन सोधिएको प्रश्न नम्बर २५ को जवाफ अस्पष्ट भएकोले त्यसको जवाफ स्पष्ट पार्न आग्रह गरेका थिए ।सर्वोच्च अदालतको नयाँ भवन

चोलेन्द्रसँगको एकसरो बयान सकियो, उनले नाम लिएका व्यक्तिसँग पनि बयान लिइने

२८ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ । जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरु र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए […]

चोलेन्द्र मेरो नाम, पोल खोल्ने मेरो काम

महाभियोग छानबिन समितिमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध लागेका आरोपहरुबारे बयान दिइरहेका छन्। यो क्रम चलेको केही हप्ता भयो। समितिमा उनी जान्छन् र बयान दिन्छन्। तर, बयानका क्रममा उनी सिधा प्रश्नको सिधै उत्तर दिइरहेका छैनन्। प्रधानमन्त्रीदेखि पत्रकार, पूर्व प्रधानन्यायाधीशदेखि कानुन व्यवसायी सबैलाई घेरेका छन् उनले। वास्तवमा चोलेन्द्र अहिले पोल खोलाखोल…

महाभियोग समितिमा चोलेन्द्र शमशेरको बयान आज पनि

महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिँदैछ ।

चाेलेन्द्रसँग बयान लिन सुरु

संसदकाे महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बन्द काेठामा बयान लिन सुरु गरेको छ ।

बयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र

१५ भदौ, काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ । जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष […]