महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिवार बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठकमा राणा सहभागी छन् । यसअघि ४३ वटा प्रश्नमाथि बयान दिएका राणाले सो बयानको लिखतमा हस्ताक्षर गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको बाचन सुन्दै हस्ताक्षर गरिरहेका छन् । राणाले दिएको बयानको लिखत संसद सचिवालयका कर्मचारीले वाचन गरेर सुनाइरहेका छन् । बयानमा हस्ताक्षरपछि उनी