बागी उम्मेदवारी दिने जसपाका ४ नेता निष्काशित

सर्लाही : जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले बागी उम्मेदवारी दिने पार्टीका ४ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्रकुमार रायले प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय कार्यकारिणी सदस्य रामनरेश राय, केन्द्रीय सदस्य राजेशकुमार यादव, गायत्रीदेवी साह, र मधेश प्रदेश समितिका सदस्य गंगा लामालाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका हुन्।मधेश प्रदेश सरकारको पूर्वपर्यटन मन्त्रीसमेत रहेका रामनरेश रायले क्षेत्र २ (क), राजेशकुमार यादवले क्षेत्र २ (

सम्बन्धित सामग्री

अन्तर्घात गरेको आरोपमा उदयपुर कांग्रेसले १२ जनालाई पार्टीबाट निकाल्यो

यसअघि चुनावअगाडि पनि बागी उम्मेदवारी दिने केही नेतालाई उदयपुर कांग्रेसले निस्कासित गरेको थियो ।

आज दिनभरिमा बागी उम्मेदवारी फिर्ता नलिनेलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेकाे छ ।  आज सोमवार पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिएर फिर्ता नलिएका, तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएकाे जानकारी दिनुभएको हो ।  यस्तै माओवादीले गठबन्धन दलका उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएकाहरूले आज सोमवारभित्र उम्मेदवारी निष्क्रिय...

माओवादी केन्द्रले बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने

नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ।...

बागी उम्मेदवारी दिने जसपाका सात नेता पार्टीबाट निष्कासित

वीरगञ्ज – पार्टीको टिकट नपाएपछि बागी उम्मेदवारी दिएका सात जना नेतालाई जनता समाजवादी पार्टी पर्साले निष्कासन गरेको छ। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सात जनालाई पार्टीको सधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए। निष्कासित हुनेहरुमा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश समिति सदस्य जन्नत अन्सारी, मुकेश द्विवेदी,रुपेशमान सिंह, प्रमोद […]

कांग्रेसले बागी उम्मेदवारी दिनेहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्‍याे

काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो मङ्सिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।   नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराउनुभएको हो । गठबन्धनका दलले हिजो मङ्गलवार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्...

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन, अन्यथा पार्टीबाट निकालिने

काठमाडौं : सत्ता गठबन्धनमा आवद्ध दलहरूले बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन निर्देशन दिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेता कार्यकर्तालाई भोलि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन गठबन्धनका शीर्ष नेताहरुले निर्देशन दिएका हुन्।'निर्वाचन आयोगले तोकेको समयसीमा भित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्काशन गर्ने', आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ।सत्ता गठबन्धनमा आ

उदयपुरमा बागी उम्मेदवारी दिने र सघाउने तीन दलका २६ नेता कार्यकर्तालाई कारबाही

उदयपुरका तीन ठूला दलले पार्टीको निर्णय विपरित स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिने र सघाउने जम्मा २६ जना नेता कार्यकर्तामाथि कारवाही गरेको छ । नेपाली कांग्रेसले ८, नेकपा एमालेले ७ र...

इन्जिनियरको चुनावमा बागी उम्मेदवारी दिनेहरु सिडेनबाट निष्कासित

२५ फागुन, काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एशोसिएसनमा बागी उम्मेदवारी दिने उम्मेदवारलाई नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था (सिडेन) ले कारबाही गरेको छ। संस्थाको आधिकारिक उम्मेदवारलाई समर्थन नगरी बागी उम्मेदवारी दिने १३ जनालाई संस्थाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको सिडेनले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अध्यक्षमा उम्मेदवारी दिएका दिलीपकुमार झासहित उनले नेतृत्व […]