काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो मङ्सिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराउनुभएको हो ।
गठबन्धनका दलले हिजो मङ्गलवार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्...