काठमाण्डाै - गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड-१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश र उद्देश्य नरहेको स्पष्ट पारेको छ ।जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र भक्तपुरले जारी गरेका आदेशका विषयमा सार्वजनिक रुपमा व्यक्त अभिव्यक्ति र चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानआकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयहरुले कुनै पनि पर्व, भेला वा जुलुस गर्न नपाइने आदेश जारी गरेका थिए।जिल्ला प्रशासन कार्यालयहरुले हिजो कोरोन...