संविधान, कानुन र स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै क्रियाकलापमा बन्देज छैन– गृह मन्त्रालय

गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको मनसाय नरहेको स्पष्ट पारेको छ ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध

काठमाडौं उपत्यकामा तिहारको अवसरमा राति ९ बजेपछि देउसी र भैलो खेल्न नपाउने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार सो निर्णय गरेका हुन् । कोभिड–१९ संक्रमणका कारण स्वास्थ्य मापदण्ड पालना गरेर राति ९ बजेसम्म मात्र देउसी र भैलो खेल्न दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालय

पिसिआर रिपोर्टका आधारमा कैदीबन्दी भेट्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले पिसिआर परीक्षणको रिपोर्ट देखाएर कैदीबन्दी भेट्न पाउने वातावरण निर्माण गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालय र सो मातहतका विभिन्न विभागको कार्य, योजना र कार्यान्वयनको प्रगती समिक्षा कार्यक्रम आज उनले कोरोना सङ्क्रमणसँगै रोकिएको कैदीबन्दी भेटघाटलाई स्वास्थ्य मापदण्ड र पिसिआर रिपोर्टको आधारमा भेट्ने वातावरण बनाउन निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले मन्त्रालयले सरकारको उपस्थिती प्रभावकारीरुपमा देखाउनुपर्ने भएकाले प्रविधिको उच्चतम प्रयोगमार्फत विभागलाई थप सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

तीन दिनमा करीब ५ लाखले छाडे काठमाडौं

काठमाडौं । बिहीवारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने घोषणापछि काठमाडौं छाड्नेको संख्या बढेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि सोमवार बसेको उपत्यकाका तीनओटै जिल्लाका प्रमुखको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेपछि सोही दिनदेखि आआफ्नो गन्तव्यतर्फ जाने यात्रुको भीड बढेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी श्यामकृष्ण अधिकारीका अनुसार सोमवारदेखि बुधवार साँझ ६ बजेसम्ममा १ लाख ४७ हजार ७५ जना टिकट काटेर बाहिरिएका छन् । टिकट नकाटेर जानेको संख्या बढी रहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले करीब ५ लाखले उपत्यका छाडेको अनुमान गरेको छ ।  बुधवार साँझसम्म उपत्यकाका नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, बालाजु लगायत क्षेत्र तथा नाकाहरूमा बस पर्खिनेको भीड थियो । गतवर्ष जस्तै बन्दाबन्दी लम्बिने त्रासले विद्यार्थी, कर्मचारी, श्रमिक, मजदूरले हतारहतार काठमाडौं उपत्यका छाडेका हुन् । महासंघले अलपत्र यात्रुलाई घर पु¥याउन अझै केही दिन सर्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ । काठमाडौंसहित कोरोना प्रभावित जिल्लामा स्थानीय निकायले निषेधाज्ञा लगाउन थालेपछि घर फर्किनेको संख्या ह्वात्तै बढेको छ । यस्तोमा उनीहरूलाई सहज ढंगले गन्तव्यमा पुर्‍याउन केही समय सवारीसाधन चल्न दिनुपर्ने माग महासंघले गरेको हो । उपत्यका छाडेर घर जान चाहने अधिकांश यात्रुले गाडी पाउन नसकेको महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘काठमाडौं छाड्न केही समय मात्र दिँदा ठूलो संख्यामा यात्रु निस्किए,’ उनले भने, ‘तर बस अभाव हुँदा धेरै यात्रु बाटोमै अलपत्र परेका छन् ।’ कोभिड संक्रमण फैलिएपछि सरकारले यसअघि २०७६ चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी गरेको थियो । त्यतिबेला सरकारले मजदूर/श्रमिकलाई उचित राहतको व्यवस्था नगर्दा र सार्वजनिक यातायातको व्यवस्था पनि नगरिदिँदा उनीहरू टाढा टाढाबाट भोकभोकै हिँडेर गाउँ फर्किन बाध्य भएका थिए । ‘सर्वसाधारण यात्रु, मजदूर/श्रमिकहरू बाटोमै अलपत्र पर्ने जोखिम बढेको छ,’ सिटौलाले भने, ‘दुई चार दिन थपेर उनीहरूलाई सहज रूपमा घर पुर्‍याउने वातावरण मिलाउन सकिन्थ्यो ।’ यातायात सञ्चालनमा सहजीकरण गरिदिन आफूहरूले गृह मन्त्रालय र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पनि अनुरोध गरेको उनले बताए । महासंघले बुधवार विज्ञप्ति निकाल्दै सरकारले विभेदकारी नीति ल्याएको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर सडक यातायात पनि सञ्चालन गर्न दिनुपर्ने माग राखेको छ । सरकारले हवाई उडान खुलै राखेर सडक यातायात मात्र बन्द गर्ने निर्णय गरेको छ । हवाई यातायात सञ्चालन गर्न दिने भए स्वास्थ्य मापदण्ड अपनाएर सडक यातायात पनि सञ्चालन गर्न दिनुपर्ने माग महासंघले गरेको हो ।