काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको छ ।
आज आइतवार काठमाण्डाैमा एक कार्यक्रममा कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले कृषि नेपालका लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताउनुभयो । उहाँले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको बताउनुभयो । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शु...
परम्परा, जलवायु र भूगोल कृषि उत्पादनका लागि अनुकूल हुँदाहुँदै पनि नेपाल कृषिजन्य उत्पादनमा दिनानुदिन परनिर्भर बन्दै गएको छ । नेपालमा सबैभन्दा ठूलो रोजगारदाता र कुल गार्हस्थ्य उत्पादनमा करीब एक चौथाइ योगदान भएको भए तापनि नीतिगत, संरक्षणात्मक, प्रोत्साहनात्मक र सुरक्षात्मक वातावरणको कमीले गर्दा कृषिक्षेत्रमा डरलाग्दो व्यापारघाटा देखिएको छ । जीवन रक्षा र राष्ट्रिय सुरक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटोका रूपमा रहेको कृषिक्षेत्रको विकासमा उचित ध्यानको कमी र अनुचित सक्रियताको बाहुल्यका कारण यो कृषिक्षेत्रमा व्यापारघाटामा यस प्रकारको वृद्धिको अवस्था सृजना भएको हो ।
चालू आव २०७९/८०को प्रथम ९ महीनामा नेपालको कृषिजन्य वस्तुहरूको कुल आयात रू. २२७ अर्ब रहेको छ भने कृषिजन्य वस्तुको आयात राजस्व करीब रू. ४१ अर्ब बराबर रहेको छ । यस अवधिमा कृषिजन्य वस्तुको निर्यात भने रू. ५३ अर्बमा सीमित रहेको छ । यसरी कृषिजन्य उत्पादनको कुल व्यापारघाटा रू. १७४ अर्ब पुग्न गएको छ ।
तथ्यांकमा हेर्नुहोस नेपालमा कृषिजन्य वस्तुको आयातको अवस्था ।
यसरी नेपालमा कृषिजन्य वस्तुहरूको व्यापारघाटा बढाउने प्रमुख कृषिजन्य वस्तुहरूलाई देहायअनुसार वर्गीकृत गर्न सकिन्छ ।
नेपालको कृषिजन्य वस्तुको व्यापारघाटामा तरकारीको भूमिका प्रमुख रहेको छ । चालू आवको पहिलो ९ महीनामा कुल रू. १४ अर्ब बराबरको ४ लाख ८४ हजार ५ सय २८ मेट्रिक टन (मेट) तरकारी आयात भएको छ । यसरी आयात हुने तरकारीमा आलु, प्याज, लसुन र गोलभेडा प्रमुख रहेका छन् । चालू आवको पहिलो ९ महीनामा रू. ६ अर्ब ५६ करोड मूल्य बराबरको २ लाख ५७ हजार मेट ताजा आलु आयात भएको छ । यसैगरी रू. ५ अर्ब बराबरको १ लाख ३८ हजार मेट ताजा प्याज आयात भएको छ । यस्तै रू. ९३ करोड बराबरको ७ हजार ६ सय ५२ मेट लसुन आयात भएको देखिन्छ भने रू. ४८ करोड मूल्य बराबरको ३६ हजार ७ सय ८२ मेट बराबरको ताजा गोलभेडा पनि यस अवधिमा आयात भएको देखिन्छ । उचित नीति र कार्यक्रमको व्यवस्था हुनासाथ यी चारथरी तरकारीमा ६ महीनाभित्रै आत्मनिर्भर हुन सकिन्छ ।
भारतको आलुमा रोजगार सृजनालाई आधार मान्ने हो भने पनि आलु क्षेत्रमा मात्रै थप १८ लाख ७४ हजार ६ सय ७३ दिन जना रोजगारी सृजना हुने देखिन्छ । गोलभेडा, प्याज र लसुनमा पनि यही अनुपातमा रोजगारी वृद्धि हुने देखिन्छ । श्रममा आधारित तरकारी खेतीमा हुने आत्मनिर्भरताले स्वदेशमा ठूलो रोजगारी सृजना गर्न सक्ने प्रबल सम्भावना रहेको छ ।
चालू आवको प्रथम ९ महीनामा रू. ११ अर्ब बराबरको १ लाख १३ हजार २ सय ६१ मेट दलहन आयात भएको छ । तिनमा मसुरो, चना, मास, मुँग, केराउ र बोडी रहेका छन् । दलहनको कुल आयातमा मसुराको अंश मात्रै करीब ५० प्रतिशत रहेको छ । उचित रणनीति अंगीकार गर्ने हो भने सबैप्रकारका दलहनमा नेपाल आत्मनिर्भर हुन करीब ६ महीना लाग्ने मात्र हो । सबै प्रकारका दलहनमा आत्मनिर्भर हुँदा थप १ लाख १३ हजार रोजगार सृजना हुने देखिन्छ ।
नट्सहरूतर्फ २ हजार १ सय १५ मेट बराबरको रू. ६९ करोड मूल्यको ओखर आयात भएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा अभियान सञ्चालन गर्ने हो भने ५ देखि ७ वर्षभित्र नेपाल ओखरमा आत्मनिर्भर हुने देखिन्छ ।
फलपूmलतर्फ १ लाख ८१ हजार ९ सय ४४ मेट बराबरको रू. ११ अर्बको ताजा फलपूmल आयात भएको छ । नेपालमा बढी आयात हुने फलपूmलमा स्याउ, अंगुर, अनार, केरा, कागती, आँप र सुन्तला प्रमुख रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो उपर्युक्त फलपूmलमध्ये ५ वर्षमा आँप, सुन्तला, अंगुर र अनारको आयात प्रतिस्थापन गर्न सकिन्छ । यस्तै ६ महीनामा केराको आयात सजिलै प्रतिस्थापन गर्न सकिन्छ ।
चालू आवको पहिलो ९ महीना मसलातर्फ २० हजार मेट बराबरको रू. ५ अर्बको मसला आयात भएको छ । यसरी आयात हुने मसलामा जीरा, धनियाँ, खुर्सानी, सुकमेल, ल्वाङ, मरिच, बेसार, मेथी, ज्वानो आदि प्रमुख रहेका छन् । उपयुक्त वातावरण सृजना गर्न सकेको खण्डमा उपर्युक्त मसलामध्ये खुर्सानी, बेसार, मेथी र ज्वानो आयातलाई ६ महीनामै प्रतिस्थापन गर्न सकिन्छ ।
यसैगरी चालू आवको पहिलो ९ महीनामा ९ लाख ७२ हजार ६ सय ७५ मेट बराबरको रू. ४३ अर्ब ५३ करोड बराबरको खाद्यान्न आयात भएको छ । यसरी आयात हुने प्रमुख खाद्यान्नमा चामल/धान, मकै, गहुँ र कोदो प्रमुख रूपमा रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो भने ६ महीनाको अवधिमा नै यी वस्तुहरूमा आत्मनिर्भर हुन सक्ने देखिन्छ ।
यस अवधिमा रू. १६ अर्ब ८१ करोड मूल्य बराबरको तेलहनका दानाहरू आयात भएको छ । यसरी आयात हुने दानाहरूमा भटमास, तोरी र बदामको बाहुल्य रहेको छ । यी तीनओटा वस्तुको नेपालमा उत्पादन सम्भावना प्रशस्त मात्रामा रहेको छ । यसैगरी यस अवधिमा ३ लाख ७० हजार ४ सय २३ लिटर बराबरको रू. ६८ अर्ब बराबरको खानेतेल आयात भएको छ । यस आयातमा भटमास र पामतेलको आयात निर्यात प्रयोजनका लागि समेत भइरहेको सन्दर्भलाई दृष्टिगत गर्दा नेपालमा आन्तरिक उपभोगका लागि आयात हुने प्रमुख खानेतेलमा पामतेल, तोरी, भटमास र सूर्यमुखी तेल प्रमुख रूपमा रहेका छन् । पामतेल नेपालमा उत्पादन हुन नसक्ने भए पनि अन्य तेलमा नेपाल आत्मनिर्भर हुन धेरै समय लाग्ने देखिँदैन ।
यस अवधिमा ५२ हजार ३ सय २५ मेट बराबरको रू. ३ अर्ब ४८ करोड बराबरको चिनी र मिठाई आयात भएको छ । यसै गरी यस अवधिमा ३ हजार २ सय १ मेट बराबरको रू. १ अर्ब ६६ करोडको चकलेट आयात भएको छ । नेपालमा यी वस्तुमा आत्मनिर्भर हुने आधारभूत संरचना र उद्योगहरू विद्यमान नै रहेको सन्दर्भमा थोरैमात्र संरक्षणात्मक र प्रोत्साहनात्मक नीति अंगीकार गर्ने हो भने यी वस्तुमा पनि २ वर्षभित्र आत्मनिर्भर हुन सक्ने सम्भावना छ ।
नेपालमा प्रशोधित कृषि उत्पादनको आयातको आकार पनि विशाल रहेको छ । चालू आवको प्रथम ९ महीनामा रू. १८ अर्ब बराबरको ४८ हजार २ सय ४४ मेट बराबरको तयारी खाद्य पदार्थ आयात भएको छ । यसै गरी ३ हजार ५ सय ९८ किलो लिटर बराबरको रू. २ अर्ब २० करोड बराबरको मदिराजन्य वस्तुको आयात भएको छ । मदिराजन्य उत्पादनमा लामो इतिहास रहेको सन्दर्भमा यस क्षेत्रमा थोरैमात्र ध्यान दिन सकेको खण्डमा यो आयातलाई पनि धेरै हदसम्म प्रतिस्थापन गर्न सकिन्छ । यस अवधिमा २ लाख ३ हजार ९ सय ३९ मेट बराबरको रू. १४ अर्ब ८३ करोडको पशुआहार आयात भएको देखिन्छ । नेपाल प्रधान कृषि बालीमा आत्मनिर्भर हुँदा साथ यस क्षेत्रमा रहेका ठूलो आकारको आयात सजिलै प्रतिस्थापन हुन सक्ने देखिन्छ ।
यसरी भन्सारदर र क्वारेन्टाइन प्रावधानमार्फत संरक्षणात्मक र अनुदानमार्फत प्रोत्साहनात्मक नीतिको अंगीकार गरी कृषिक्षेत्रमा आत्मनिर्भर अभियान सञ्चालन गर्ने हो भने ५ वर्षभित्र नेपालमा कृषिमा आत्मनिर्भर हुने देखिन्छ । यसरी आत्मनिर्भर हुँदा यस क्षेत्रमा लाखौंको थप सम्मानजनक रोजगारी सृजना हुने देखिन्छ । यस अभियानले उत्पादन वृद्धि र रोजगार सृष्टिको नारालाई सार्थक बनाउने देखिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन् ।मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री शर्माले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न […]
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनका लागि देशभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
मङ्गलवार काठमाण्डाैमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजारमात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताउनु भयो ।
मन्त्री शर्माले नेपाली उत्पादनमा वृद्धि गरी व...
आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका कार्यक्रमअन्तर्गत निरन्तर बढिरहेको आयातले वैदेशिक मुद्राको सञ्चितिमा कमी, चालू खाता तथा शोधनान्तर घाटा बढ्न गई अर्थतन्त्रमा चाप सिर्जना भएको छ । स्वदेशमा उत्पादन, उपभोग तथा निर्यातसमेतको प्रखर सम्भावना भएको कृषि, उद्योग र जलविद्युत् तथा सेवा क्षेत्रको प्रवद्र्धन गरी आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने आउँदो वर्षको बजेटमा भनिएको छ […]
गठबन्धनमा आबद्ध किसान सङ्गठनले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरणका साथै खाद्य तथा कृषि क्षेत्रको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न माग गरेका छन् । सङ्गठनले किसानहरूको जीवनमा समृद्धि र खुसीयाली ल्याउने र आत्मनिर्भर कृषि अर्थतन्त्रको विकासद्वारा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशामा अग्रसर हुँदै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि तीन वटै तहका सरकारसमक्ष माग गरेको हो ।गठबन्धनमा नेपाल किसान सङ्घ, अखिल नेपाल किसान महासङ्घ नेक
गठबन्धनमा आबद्ध किसान सङ्गठनले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरणका साथै खाद्य तथा कृषि क्षेत्रको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न माग गरेका छन् । सङ्गठनले किसानहरूको जीवनमा समृद्धि र खुसीयाली ल्याउने र आत्मनिर्भर कृषि अर्थतन्त्रको विकासद्वारा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशामा अग्रसर हुँदै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि तीन वटै …
कृषि उत्पादनसम्बन्धी मूलभूत कुरामा हुने परिवर्तन कृषि क्रान्ति हो । पुरानो परम्परालाई विस्थापित गरी कृषिमा आत्मनिर्भर, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी कृषिजन्य वस्तुको उत्पादन, कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, विविधीकरण र रोजगारीमा वृद्धि हुने अवस्थालाई कृषि क्रान्तिको उपज मानिन्छ । कृषिमा आधारित उद्योगहरू सञ्चालनमार्फत खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको सुनिश्चितता कृषिमा गरिने आमूल परिवर्तनले निर्धारण गर्छ […]