झापा – पूर्वका बजारहरूमा पेट्रोल अभाव भएको छ। इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको मागअनुसार पेट्रोल नपठाइदिएपछि अहिले पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोलियम वितरण गर्न सकिरहेका छैनन्। मेची पेट्रोलियम डिलर्स एसोसियसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलोलिटर पेट्रोलको माग छ। तर भारतको सिलिगुडी डिपोले शनिबार डेढसय किलोलिटर पेट्रोलमात्र नेपाल […]