काठमाडौँ – पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन संग्रहालय’ बुधबारदेखि खुलेको छ। मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै वैशाख १६ गतेदेखि संग्र्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म संग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए। उनले भने, ‘आज ७० जनाले संग्र्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो।’ […]