पाटनमा भेटिएको लिच्छविकालीन शिलालेखबारे अनुसन्धान जारी

१२ पुस, काठमाडौं । पाटन दरबार संग्रहालय परिसरमा ढल खन्दा गत बुधबार भेटिएको शिलालेखलाई दरबार संग्रहालयभित्र सुरक्षित राखिएको छ । संग्रहालयको बाहिरिने ढोका छेउमा राखिएको शिलालेखमाथि लिपि–विशेषज्ञ श्यामसुन्दर राजवंशीको टोलीले निरन्तर अनुसन्धान गरिरहेको छ । शिलालेखमा लागेको सिमेन्टको धूलो पुछिरहेका राजवंशी शिलालेखका प्रत्येक अक्षरहरू जोडेर वास्तविकता पत्ता लगाउन व्यस्त छन् । लिपि कापीमा उतार्नेदेखि पुराना […]