नागरिक जिम्मेवारी (सम्पादकीय)

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी (लकडाउन) को औपचारिक अन्त्य गरेको छ । सङ्क्रमण नियन्त्रणमा रहेको भए पनि जोखिम कायमै रहेकाले औपचारिक बन्दाबन्दी अन्त्य गरिए पनि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् राखिएको छ । चैत ११ गतेदेखि गरिएको बन्दाबन्दी पछिल्लोपटक साउन ६ गते मध्यरातसम्मका लागि जारी थियो । चार महिना लामो बन्दाबन्दी अन्त्यको घोषणासँगै सर्वसाधारणले राहत महसुस गरेका छन् । लामो निष्क्रिय जीवनबाट नागरिकहरू पूर्ववत् अवस्थामा फर्कने सुखद वातावरण आफैँमा हर्षोल्लास भएको छ । उद्योग, व्यवसाय सञ्चालन नहुँदा सार्वजनिक जीवन मात्र होइन, मुलुकको आर्थिक गतिविधिमा सङ्कुचन र राजस्व उठ्तीमा कमी आएको छ । विश्वव्यापी प्रभावजस्तै नेपालमा पनि कोरोनाले हरेक क्षेत्रलाई असहज बनाउन पुग्यो । सरकारले अन्य देशको अनुभव तथा नेपालमा सङ्क्रमणको विद्यमान अवस्था मूल्याङ्कन गरी बन्दाबन्दी अन्त्य गरेकाले अर्थतन्त्र र नागरिक जीवनमा यो निर्णयले सकारात्मक परिणाम दिने अपेक्षा गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिले छान्यो संघ र प्रदेशमा संसदीय दलको नेता (नामावलीसहित)

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । काठमाडौंमा २ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो ।केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार प्रतिनिधिसभामा संसदीय दलको नेताको रुपमा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको हो ।सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको प्रतिनिधिसभा सदस्य

निर्वाचन परिणाम र नागरिक अगुवाको जिम्मेवारी

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि दुईवटा आवधिक आमनिर्वाचन सम्पन्न भए । दुवै निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्र व्यापक जनमतबाट अनुमोदित भयो । पहिलो निर्वाचनमा देखिएको नागरिक उत्साह दोस्रोमा केही कमी देखिए पनि...

‘ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी स्थानीय सरकारले लिनु परयो’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले ज्येष्ठ नागरिकलाई हेर्ने जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् […]

नेपाल एयरलाइन्समा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

९ असार, काठमाडौं । नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रबन्धक पद दुवै रिक्त रहेको अवस्थामा नेतृत्व सम्हाल्ने गरी सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी जिम्मेवारी तोकिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

काठमाडौँ – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको हो। प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए। क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० को बैठकबाट महानिर्देशक नियुक्त भएका […]

प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको हो ।प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए । क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० को बैठकबाट महानिर्देशक नियुक्त भएका थिए ।

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा क्षेत्री

काठमाडौं : सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो।संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशक बनाएको हो। प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोखरेलले अनिवार्य अवकाश पाएपछि क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रेम आलेलाई मागेको मन्त्रालय र पार्टीको जिम्मेवारी

काठमाडौं, ३१ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले भाग्यमानी ठहरिएका छन् । उनले मागेको मन्त्रालय पाए । पर्यटनमा आउने उनको चाहना थियो र पाए । नेकपा एसमा पनि उनले मागेको जिम्मेवारी पाएका छन् । सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज पाएका छन् । नेकपा एसबाट सरकारमा सहभागी ३ मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् । विरोध […]

एकीकृत समाजवादीले बुझायाे मन्त्रीहरूको नामावली, अन्तिम समयमा जिम्मेवारी हेरफेर

झाँक्रीले पर्यटन तथा नागरिक उड्डयन र सहरी विकासमध्ये एक पाउने हुनुभएको छ । किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन ।

नागरिक उड्ययन प्राधिकरणमा निमित्त महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । निवर्तमान महानिर्देशक राजन पोखरेलले गत मंगलबार साँझ पदबाट राजीनामा दिएसँगै रिक्त रहन गएको पदमा क्षेत्रीले स्वतः निमित्त महानिर्देशक जिम्मेवारी पाएका हुन् ।नागरिक उड्ययन प्राधिकरण सञ्चालन तथा व्यवस्थापन ऐनले प्राधिकरणको वरिष्ठताका आधारमा वरिष्ठ कर्मचारीले नै स्वतः निमित्तको जिम्मेवारी पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम क्षेत्रीले तत्काल क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी पाएक