तिलक थापा, बागलुङ ।
अखिल (छैठौं) बागलुङको खुङ्गा र काँडेबासमा प्रशिक्षण भेला सम्पन्न भएको छ । यही चैत २० र २१ गते सम्पन्न हुन गईरहेको जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा (छैठौं) बागलुङले जिल्लाव्यापी रुपमा आफ्नो गतिबिधी तिव्र पारेको छ ।
जस अन्तरगत २०७७ चैत १२ गते ढोरपाटन नगरपालिका वडा नं ४ खुङ्गा स्थित प्रकाश माध्यमिक विधालयमा ईकाई भेला सम्पन्न भएको छ । भेलालाई अखिल (छैठौं) बागलुङका जिल्ला अध्यक्ष ईन्द्रमणि पाण्डेले सम्बोधन गर्नु भएको थियो ।
भेलाले दृष्टि पुनको अध्यक्षतामा २९ सदस्यीय अखिल (छैठौ) मुल ईकाई समिति गठन गरेको छ । समितिको उपाध्यक्ष,सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः रुद्र अर्गेजा मगर, हिमाल छन्त्याल बोमबिर विक र बिन्दु श्रीपाली लगायत अन्य सदस्यहरु रहनु भएको छ । भने कार्यक्रममा नगर सह सचिव मदन भुसाल र सदस्य कोपिल श्रीपाली, सिबजी भुसाल लगायतको पनि उपस्थित रहेको थियो ।
यसैगरी गलकोट नगरपालिका वडा नं ८, काडेबास स्थित शिव माविमा अखिल (छैठौं) को ईकाई प्रशिक्षण भेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा अखिल (छैठौं) बागलुङका सल्लाहकार मनिष कडेंल, जिल्ला सदस्य गणेश सापकोटाले प्रशिक्षण दिनु भएको थियो ।
भेलाले बिमल चालिसेको अध्यक्षतामा १७ सदस्यीय ईकाई समिति चयन गरेको छ । जसको उपाध्यक्ष सुसान्त कडेल, सचिव सरिता गलामी, सहसचिव बिजय केसी र कोषाध्यक्षमा उषा गौतम रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ ।