काठमाडौं : सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र हो। प्रधानमन्त्री कार्यालयदेखि अधिकांश मन्त्रालयहरू यहीँ भित्रै छन्। दैनिक हजारौँ व्यक्ति आवतजावत गर्ने ठाउँ हो सिंहदरबार। तर, यहाँभित्र प्रवेश पाउन अन्यत्र जस्तो सहज छैन। सरकारी कर्मचारी र सूचना विभागबाट प्रेस पास लिएका पत्रकारबाहेक अरू व्यक्ति सिंहदरबार छिर्न भित्रबाट पास मगाउनुपर्छ। यत्तिको संवेदनशील स्थानमा सुरक्षा व्यवस्था कडा हुनु अस्वाभाविक होइन। सुरक्षाका दृष्टिकोणलाई मध्यनजर गर्दै जताततै सिसिटिभी देखिनु अनौठो होइन।
काठमाडौँ । गृह मन्त्रालयले सिंहदरबार गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै नरहने भन्दै छानबिन समितिलाई पत्र पठाएको छ । जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय गरेको थियो । सम्बन्धित समाचार : छानबिन समितिद्वारा सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज माग आज (मंगलबार) गृह […]
काठमाडौं, साउन ९ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आजपनि बस्न लागेको छ । अर्थमन्त्रालयको सिसिटिभी फुटेज नपाएपछि सिंहदरबार गेटकै फुटेज मगाएर अनुसन्धान गर्ने छानबिन समितिले निस्कर्ष निकालेको छ। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा […]
काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले सिंहदरबारको प्रवेशद्वारकै भिडिओ हेर्ने भएको छ।अर्थमन्त्रालय परिसरको सिसिटिभी फुटेज मन्त्रालयले उपलब्ध नगराएपछि समितिले सिंहदरबारकै दक्षिण र पूर्वी गेटको सिसिटिभी फुटेज हेर्ने निर्णय गरेको हो।समितिको आज बसेको बैठकले निर्णय गरेलगत्तै गृहमन्त्रालयलाई जेठ १४ गते मध्यान्ह १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म (२४ घण्टा)को भिडिओ उपलब्ध गराउन पत्राचार गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।बजेट सार्वजनिक ग
काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरबारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसदले छानबिन गर्न विशेष समिति गठन गरेको छ। […]
काठमाडौँ- सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सिसिटिभी क्यामेराले कैद गरेका डाटाहरू सुरक्षित राखिएको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ । आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित्रको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरूले सिंहदरबारभित्र पर्ने अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयहरूको सीसीटीभी सुरक्षित नै […]
सिसिटिभी फुटेज व्यापारिक केन्द्रमा एक महिना, संवेदनशील पूर्वाधारमा तीन महिना सञ्चय गरी राख्ने प्रचलन भएको उल्लेख छ। ‘रिटको अन्तिम टुंगो नलागेसम्म प्रश्न उठेको अर्थ मन्त्रालय, अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सिसिटिभी क्याम...
काठमाडौँ– करका दर हेरफेर प्रकरणमा अर्थ मन्त्रालयले आफ्नो सिसिटिभी फुटेज डिलिट भएको जवाफ दिएपछि सिंहदरबार परिसरका अरु सिसिटिभी फुटेज संरक्षण गर्न माग गर्दै सवोच्च अदालतमा रिट परेको छ। अधिवक्ताद्वय सरोजकृष्ण घिमिरे र बाबुराम अर्यालले संयुक्त रुपमा दर्ता गरको रिट निवेदनमा करका दर हेरफेर गर्न बाह्य व्यक्तिको संलग्नता रहे-नरहेको पत्ता लगाउन सिंहदरबार परिसरका सिसिटिभी क्यामरालाई सुरक्षित […]