कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरेको छैन, सिसीटिभी फुटेज हेर्दा हुन्छ :मन्त्री आले

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार तथा हातपात नगरेको र यस विषयलाई जोडेर आएको समाचार सत्य नभएको स्पष्ट पारेका छन्। उनले भने,"यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसिटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ।" उनले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गरेका हुन्।

सम्बन्धित सामग्री