रुसले युरोपको आफ्नो पाइपलाइनलाई पुनः सञ्चालन नगर्ने बताएपछि ग्यासको मूल्य आकासिएको छ । ग्यासको होलसेल मूल्य नै सोमबार ३० प्रतिशतले वृद्धि भएको छ । तीन दिनदेखि बन्द रहेको नोर्ड स्ट्रीम वान पाइपलाइन शनिबारदेखि खुल्नुपर्ने थियो । तर, रुसको राज्यद्वारा सञ्चालित कम्पनी गाजप्रोमले पाइपलाइनमा चुहावट भेटिएको जानकारी दिँदै त्यसलाई तत्काल खोल्न नसकिने बताएको छ । यता युरोपले भने रुसले आफ्नो ग्यास आपूर्ति ब्ल्याकमेलको हतियारको रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ । रुसले ती आरोपहरूको खण्डन गरेको छ । पछि