डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौं, १८ माघ। नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर ४ र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ। खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।नयाँ मूल्यसूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर १७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८,र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९१० रुपैयाँ पुगेको।

सम्बन्धित सामग्री

दसैँ चहल पहलले बढ्यो पेट्रोलियम खपत

काठमाडौँ । दशैँको चहलपहलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमले जनाएको छ । खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केही दिनयता बढी रहेको छ । १ असोज यता सार्वजनिक बिदाका दिनमाबाहेक अहिले कम्तिमा २० लाख […]

दशैंको चहलपहलले बढ्यो पेट्रोलियम पदार्थको खपत

१३ असोज, काठमाडौं । दशैंको चहलपलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केहीदिनयता बढीरहेको उपाध्यायले बताए । १ असोज यता सार्वजनिक बिदाका दिनमाबाहेक अहिले […]

अब खाना पकाउने ग्यासको २ थरी मूल्य तोकिने

अब खान पकाउने ग्यासको मूल्य फरक फरक तोकिने भएको छ । आयल निगमले घरायसी र व्यवसायीक प्रयोजनको लागि ग्यासको मूल्य फरक निर्धारण गर्ने तयारी गरेको हो ।आयल निगमले एल. पी. ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्न निगम संचालक समितिको सदस्यको संयोजकत्वमा सरोकारवालाको प्रतिनिधि समेत रहने गरी एक उपसमिति गठन गरेको छ। उपसमितिको सिफारिस बमोजिम निगमले एल. पी. ग्यासको  घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्ने छ ।एल. पी. ग्यासमा हाल भइरहेको घाटा न्यूनिकरण गर्न निगम संचालक समितिको  एल. पी. ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्ने तयारी गरेको हो । जस अनुसार व्यवसायिक प्रयोजनको लागि ग्यासको मूल्य कहिँ बढी तोकिने छ भने सर्वसाधारणले केहि सहुलियतमा ग्यास खरिद गर्न पाउने छन् ।  निगमले आज नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज बिहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँ घटाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १७० ,डिजेल प्रति लिटर १५३ रुपैयाँ र मट्टीतेल प्रति लिटर १५३ रुपैयाम कायम भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन। अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि आयल निगमले मूल्य घटाएको हो। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाउने निर्णय गरेको थियो । सोहि अनुसार निगमले मूल्य घटाएको हो ।

घट्यो डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज बिहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँ घटाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १७० ,डिजेल प्रति लिटर १५३ रुपैयाँ र मट्टीतेल प्रति लिटर १५३ रुपैयाम कायम भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि आयल निगमले मूल्य घटाएको हो। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाउने निर्णय गरेको थियो । सोहि अनुसार निगमले मूल्य घटाएको हो ।निगमले हिजो बुधबार मात्र भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र नयाँ मूल्य सुची अनुसार निगमलाई आगामी १५ दिनमा मासिक रु.६ अर्व १५ करोड घाटा हुने स्थिति देखिएको जनाएको थियो । निगमका अनुसार इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई मे महिनामा पेट्रोलियम पदार्थ खरिद वापतको रकम रु. ४३ अर्व भुक्तानी गर्नु पर्नेमा सम्झौता मुताविक भुक्तानी गर्न नसकी २३ मे, २०२२ सम्म रु. २२ अर्व ४० करोड बक्यौता कायम हुन पुगेको र पछिल्लो समय केही थप भुक्तानी दिएपछि अझै रु. १६ अर्व भुक्तानी दिन बाँकी रही बक्यौता कायम नै रहेको छ ।निगमले जुन महिनाको लागि पहिलो किस्ता वापत रु. १६ अर्व र बाँकी बक्यौता बापतको अर्को रु. १६ अर्व गरी जम्मा रु. ३२ अर्व आगामी जुन ८ तारिखमा भुक्तानी गर्नु पर्नेछ । तर यस अवधिमा ईन्धन विक्री वापत संकलन हुने रकमबाट करिव रु. १० अर्ब मात्र भुक्तानी दिन सक्ने स्थिति देखिएको छ ।  निगमका अनुसार यो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा निगमलाई करिव रु. ४७ अर्व नोक्सानी भइसकेको र असार मसान्तसम्ममा झण्डै रु.६० अर्व नोक्सान हुने स्थिति देखिएको छ ।यदि अन्तर्राष्ट्रिय मूल्य नघट्ने र यहि विन्दूमा स्थिर रहने हो भने पेट्रोलियम पदार्थको आपूर्ति तथा विकी वितरण सहज वनाइ राख्नका लागि पेट्रोल, डिजेल र एल. पी. ग्यासको खुद्रा विक्री मूल्य लागत सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको थियो ।

आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची

१८ जेठ,काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार पेट्रोलमा बढेर नयाँ मूल्य आएको छ भने डिजेल, खाना पकाउने ग्याँस र हवाइ इन्धनमा घटेर नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा […]

पुन : बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख ४, काठमाडौं । नेपाल आयल निगमले शनिवार पुन : पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रू. ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।  निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । शनिवार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रू. १ का दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रू. १२१ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. १०४ पुगेको छ ।  आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको विक्री मूल्यमा रू. दुई वृद्धि हुँदा प्रतिलिटर रू. ७६ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तरराष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्य वृद्धि गरिएको छैन ।  निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रू. ४१७ दशमलव ४७ घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा रू. ७० करोड ६६ लाख घाटा हुनेछ ।  निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । रासस

फेरी बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले १५ दिनकै अवधिमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निमगले मंगलबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक–एक रुपैयाँ बढाएको हो । तर, खाना पकाउने ग्याँस तथा हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।