हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज ३ बजे हेटौँडा उपमहानगरपालिकाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएको हो ।नगर सभा सञ्चालनको लागि हेटौंडाकी मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले एमालेसँग गरेको छलफलमा तीन बुँदे सहमति भएको थियो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले एमालेले राखेको मागका विषयमा तीन बुँदे सहमति