काठमाण्डाै – सरकार र निर्वाचन आयोगबीच आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आज मङ्गलवार भएको छलफलमा आउँदो जेठ ४ गते स्थानीय तहकाे चुनाव गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते चुनाव गर्ने प्रस्ताव गर्नुभएको थियो भने आयोगले पनि त्यही मितिमा चुनाव गर्न सकिने परामर्श दिएको थियो ।छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै चुनावकाे तयारी अ...