नेपाली क्रिकेट टोली अघिल्लो महिना ठूलो उद्देश्यका साथ ओमान पुगेको थियो । विश्वकपमा छनोट हुन नसकेपछि नेपाल त्यो लक्ष्यमा पुग्न सकेन । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ट्वान्टी–२० अन्तर्राष्ट्रिय ब्याटर वरीयता हेर्ने हो भने नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलको स्थान पत्याउन गाह्रो हुन्छ ।