राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताएका छन् । मंगलबार संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने बताएका हुन् ।