कैलाली र कञ्चनपुरका किसानलाई रोपाईको चटारो संगै चैते धान भित्र्याउन भ्याई नभ्याई भएकोछ । मनसुन लाग्ने समय भएकाले चैते धान भित्र्याउन किसनालाई चटारो परेको हो । कैलाली जिल्लाको सबैभन्दा बढी चैते धान लगाउने भजनी नगरपालिकाका किसान यती खेर पाकेको धान काट्ने मुठा बाँध्ने र थे्रसीङ गर्नमा ब्यस्त छन् । भजनी नगरपालिका १ का हेमेन्द्र भारद्वाजले यो बर्ष ३ विगाह खेतमा लगाएको चैतेधान भित्र्याउने चटारोमा रहेको बताउनुभयो ।
बर्खामा डुबान हुने वडा नम्बर ३ मा रहेको खेतमा हिउँदे बर्खाले गहुँखेती नोक्सान भएपछि चैते धान लगानु भएका हेमेन्द्रलाई अहिले धान भित्र्याउन भ्याई नभ्याइ भएको छ । खेतमै रहेका हेमेन्द्रले भन्नुभयो ‘ मनसुन शुरु भैसकेको छ पानी पर्ने ठेगान हुदैन पाकेको धान भित्र्याउन सबै विहान देखि साँझ सम्म खेतमै हुन्छौ , चैते धान लगाएका सबै धमाधम धान काट्ने र भित्र्याउने कार्यमा लागेका छौ ।’