सल्यान : दशै तिहार जस्ता ठूला चाड सकिएसँगै जिल्लाका किसानलाई पहेँलपुर भएर पाकेको धान भित्र्याउन चटारो छ। किसानलाई धान कुट्न, दाइँ गर्न, पराल बोक्न, खनजोत गर्न भ्याइनभ्याई छ।असोजको तेस्रो साता अविरल परेको पानीले केही क्षति पुगेपछि आत्तिएका किसान झिसमिसेमै भालेको डाकसँगै खेतबारी पुगेर जुनेली रात नपर्दासम्म घर फर्किन फूर्सद पाएका छैनन्।जिल्लाका विशेषगरी, शारदा नदी किनार, मर्मखोला, बनगाड खोला, रेशम जिउला, गरि जिउला लगायतका खेतबारीमा किसान धान भित्र्याउने चटारोमा दिनभर व्यस्त भएका छन्।