काठमाडौं, कात्तिक १२ । बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्याएको धान भित्र्याउन राजापुर नगरपालिका–२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन। तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो। गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दसैँको बेला आएको वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छिन्। फेरि […]