नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिल हेर्न नहुने धारणा राख्नुभएको छ । जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उहाँले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताउनुभयो । नेता राणाले भन्नुभयो, “यो सामाजिक सेवा हो, पार्टीगत कुरा हुँदैन, यसमा राजनीति छैन, …