सरकारले पुस र माघ महिनामा २ अर्ब ५५ करोड रुपैयाँभन्दा धेरै बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयको साधारण प्रशासनतर्फ भैपरी आउने शीर्षकबाट बेमौसमी वर्षापीडित धान किसानलाई राहत दिनमात्रै गृह मन्त्रालयमा १ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । पीडितलाई यो रकम पहिलो चरणको राहतस्वरूप उपलब्ध गराइने सरकारले जनाएको छ । अर्थ मन्त्रालयले पुस र माघ महिनामा भएका रकमान्तर विवरण सार्वजनिक गरेको हो । विभिन्न मन्त्रालयहरूले गरेको प्रस्तावअनुसार ३६ शीर्षकमा रकमान्तर गरिएको मन्त्रालयले जानकारी दिएको छ । ठू