हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत भएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन्।...

सम्बन्धित सामग्री

पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा हिउँदे वर्षा जस्तो प्रि-मनसुन

काठमाण्डाै - प्रि-मनसुन सुरु भएदेखि नै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हिउँदयाममा खासै पानी नपरे पनि प्रि-मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ। पानी पर्दा खेतीबालीमा फाइदा पुगेको छ । किसानलाई राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका बाली तथा तरकारी सुक्न थालेका थिए । ढिलै भए पनि परेको वर्षाले गहुँ, तोरी लगायतका बालीलाई फाइदा पुगेको छ । प्रि-मनसुन सुरु हुनासाथ स्थानीय वायुसँगै पश्चिमी वायु पनि सक्रिय बन्दा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बता...

हिउँदे वर्षाले किसानलाई राहत

हिउँदे वर्षा भएपछि पाल्पालगायत पहाडी जिल्लाका किसानमा खुसीयाली छाएको छ । पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका पहाडी जिल्लामा असोजपछि पानी नपर्दा किसान चिन्तित थिए । आइतबार रातिदेखि परेको वर्षाले किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि विकास अधिकृत कामना अधिकारी भट्टराईले बताइन् ।

देशका धेरै ठाउँमा वर्षा, भोलि र पर्सि पनि पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाँउमा अहिले पानी परिरहेको छ । केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । यो प्रणालीका कारण भोलि शनिवार र पर्सि आइतवार पनि वर्षाको सम्भावना रहेको माैसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित बदली हुने सम्भावना छ । यसैबीच हिउँदे वर्षाले किसानलाई राहत मिलेको छ । वर्ष...

वर्षाले किसानलाई राहत

लामो समयको खडेरीपछि शनिबार र आइतबार पर्वतका बिभिन्न स्थानमा भएको वर्षाले किसानलाई राहत भएको छ । गहुँ, फापर, तोरीलगायत बाली भित्र्याउने र मकै तथा बेमौसमी तरकारी रोप्ने समयमा वर्षा भएपछि किसान उत्साहित छन् । हिउँदको समयमा खोलानालामा पानीको सतह घट्ने, पानीका मूल पनि सुक्ने हुँदा लेकाली बस्तीमा सिँचाइको अभाव हुन्छ । हिउँदे वर्षा भएमा मात्रै मकै खेती गर्ने किसानका लागि २ दिनसम्म लगातार परेको वर्षाले राहत मिलेको छ । सुक्खा खेतबारी वर्षाले भिजेपछि किसान खेतबारी खनजोत गरी तरकारी तथा मकै बाली लगाउन व्यस्त छन् ।

हिमाली जिल्लामा हिमपात : जनजीवन प्रभावित, हिउँदे बालीलाई राहत

यस वर्षको हिउँदे हिमपात सुरु भएको छ। मङ्गलबार बिहानदेखि कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। पहाडी जिल्लामा हिउँदे वर्षा भएको छ। हिमपातसँगैको बर्सातले जनजीवन प्रभावित भए पनि हिउँदे बाली लगाएका किसानलाई राहत भएको छ। यसपालि हिमपात र हिउँदे वर्षा हुँदैन कि भन्ने किसानलाई चिन्ता थियो तर मङ्गलबारदेखिको हिमपात र वर्षाले यो चिन्ता हटेको छ। हिमपातपछि चिसो पनि अत्यधिक बढेको छ।