दलित गैरसरकारी संस्था महासंघ नेपालसहित विभिन्न दलित नागरिक समाज, संघ–संस्था, अभियन्ता, पत्रकार र बुद्धिजीवीको सहभागितामा मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक घोषणा गरिएको हो ।
कोलोराडो, अमेरिका। घडीमा बिहानको ६ बज्यो। काममा ‘ब्रेक टाइम’ भयो। म दौडिँदै ट्वाइलेट छिरेँ। क्रिकइन्फो खोलेँ। लाइभ अपडेट हेरेँ। एकछिन त ट्वाल्लै परेँ। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य नेपालले सानदार तरिकाले पछ्यायो। खातामा १७९ रन देखियो। ६ विकेट चैट्। म भाग्यमानी कहलिएँ। अन्तिम ओभर भए पनि हेर्न पाएँ। स्ट्राइकमा छन्, लोकेश बम। अर्कातिर पावर हिटर […]
खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि उपभोक्ताले सास्ती बेहोर्नु परेको छ । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ । […]
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको मतदानस्थलमा जम्मा ३६ जना […]
काठमाडौं – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकामाथि ३२ रनको जित निकालेको हो । पहिला ब्याटिङ गरेको पाकिस्तानले अमेरिकाविरुद्ध पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा आठ विकेटको क्षतिमा मात्र १५८ […]