सञ्चालनमा आएको ७ महिना पूरा नहुँदै काठमाडौँ मेरिएटले होटल क्षेत्रसँग सम्बन्धित विभिन्न पाँचवटा अवार्ड प्राप्त गर्न सफल भएको छ । वर्लड मार्केटिङ कांग्रेसका अवसरमा मेरिएटले प्रसिद्ध पाँच फरक अवार्ड प्राप्त गरेको हो । जसमध्ये मुख्य गरी ’नेपाल होटेल इन्डस्ट्री लिडरसिप अवार्ड–२०१९’ र ’बेस्ट इम्प्लोएर ब्रान्ड अवार्ड इन नेपाल’ छन् ।