उत्तरपुस्तिका हराउनेलाई कारबाही माग गर्दै अखिल समाजवादीको प्रदर्शन

१२ असार, काठमाडौं । अखिल समाजवादी विद्यार्थी संगठनले उत्तरपुस्तिका हराउन भूमिका रहेका त्रिविका कर्मचारीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । संगठनले उत्तरपुस्तिका हराएको सम्बन्धमा बनेको उच्चस्तरीय छानबिन समितिले सिफारिस गरेको व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको …

सम्बन्धित सामग्री

छात्रालाई दुर्व्यवहार गर्नेमाथि कारबाही माग

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल क्रान्तिकारी काठमाडौंले विद्यार्थी कुट्ने र छात्रालाई दुर्व्यवहार गर्ने डिसिप्लिन इन्चार्ज (डिआई) लाई कारबाही गर्न सरकारसँग माग गरेको छ।...

छात्रालाई दुर्व्यवहार गर्नेमाथि कारबाही माग

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल क्रान्तिकारी काठमाडौंले विद्यार्थी कुट्ने र छात्रालाई दुर्व्यवहार गर्ने डिसिप्लिन इन्चार्ज (डिआई) लाई कारबाही गर्न सरकारसँग माग गरेको छ।...

जनक शिक्षा सामाग्री केन्द्रलाई छानबिन गरी कारबाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं, १६ जेठ । नयाँ शैक्षिक सत्रको तीन साता बितिसक्दा पनि सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नपुगेको भन्दै जनक शिक्षा सामाग्री केन्द्रलाई छानबिन गर्न माग गरिएको छ । पाठ्यपुस्तक ढिलाईको कारण पत्ता लगाएर बददियतको छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीले आज शिक्षामन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष पञ्चा सिंहले पाठ्यपुस्तक बिना विद्यार्थीको अध्ययन […]

नेकपा सचिवालय सदस्य बास्तोला र ओलीमाथिको कारबाही फिर्ता गर्न माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । क्रान्तिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र  हेमन्त प्रकाश ओलीमाथिको कारबाही फिर्ता लिन आग्रह गरेको हो ।क्रान्तिकारकिा महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपमा बुढा मगरले जारी गरेको विज्ञप्तिमा यसअघि अध्यक्ष प्रकाश शाहीले कमिटीमा स

केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न विद्यार्थी सङ्गठनको माग

काठमाडौँ । सत्तारुढ दल निकटका विद्यार्थी सङ्गठनले काठमाडौँ मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् । नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियु, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चाको अखिल छैठौंसहित ८ विद्यार्थी सङ्गठनका प्रतिनिधिले काठमाडौँका […]

आक्रमणकारीलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले ग्रामीण आदर्श क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गर्दै ग्रामीण आदर्श क्याम्पसका नेविसङ्घ नेता सौरभ घिमिरे, महेशमणि पौडेल, प्रदीपजङ्ग शाह, माधव बजगाईँलगायतलाई आक्रमण गर्ने नेत्रविक्रम चन्द समूह निकट अखिल क्रान्तिकारीका विद्यार्थीलाई कारबाही गर्न […]

भागरथी प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्न अखिल नेपाल महिला संघको माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घले भागरथी भट्टको बलात्कार हत्या प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ । महिला सङ्घले निर्मला पन्तजस्तो हुनेगरी घटनाको पुनरावृत्ति नगर्दै बेलैमा घटनाको छानबिन गरेर सत्य तथ्य पत्ता लगाउन पनि माग गरेको छ । महिला सङ्घकी अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०७७ माघ २५ गते जारी प्रेसवक्तव्यमा घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग गरेको हो । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कार गरी हत्या गरेको घटनाले अखिल नेपाल महिला सङ्घ गम्भीर र स्तब्ध भएको छ । श्री सनातन धर्म मावि श्रीकोटमा कक्षा १२ मा अध्ययनरत छात्रा भागरथीको स्कुल गएर फर्कने क्रममा जङ्गलमा बलात्कार गरी विभत्स हत्या गरिएको थियो । सङ्घले उक्त अपराधिक घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनाको गहिरो छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउन र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ । दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र पीडित परिवारलाई न्याय दिने काम अझै हुन सकेको छैन । दुई वर्षपछि अहिले त्यही प्रदेशमा त्यही प्रकृतिको भागरथी घटना घटेको छ । यस सम्बन्धमा घटेको भागरथी घटनालाई निर्मला पन्तको घटनामा जस्तो गरी दोहोरिन नदिनका लागि गम्भीर ढङ्गले लिन र गहिरो छानबिन गरी छिटोभन्दा छिटो सत्य तथ्य बाहिर ल्याउन र अपराधीलाई हदैसम्मको कारबाही गर्न महिला सङ्घले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।”

भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले प्रदर्शन गर्ने

काठमाडौं । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी बैतडीकी किशोरी भागरथी भट्टका लागि न्याय माग्दै अखिल (छैठौं) ले विरोध प्रदर्शन सुरु गरेको छ । ‘बलात्कारी हत्यारा’ लाई कारबाही गर्न दबाव दिन अखिल (छैठौं) ले राजधानीसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न लागेको हो । आइतबार दिउँसो तीन बजे काठमाडौंको माइतीघरमण्डलामा विरोध प्रदर्शन गरिने अखिल (छैठौं) का सचिव सुवाश जिसीले जानकारी दिनुभयो । यस्तै, बुटवल, प्युठानलगायतका स्थानमा पनि प्रदर्शनको तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदर्शनका क्रममा अखिल (छैठौं) ले भागरथी भट्टको फोटोसहित ‘बलात्कारी हत्यारालाई कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्नेछ भने बलात्कार, हत्या र सरकारी उदासिनताबिरुद्ध नारा लगाउनेछ । देशैभरी जहाँ जसरी सम्भव हुन्छ, बलात्कारीलाई कारबाहीका लागि दबाब दिने अखिल (छैठौं) ले जनाएको छ । घरबाट विद्यालय जान हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको घर नजिकै जंगलमा शंकास्पद अवस्थामा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । यो पनि :  ‘बलात्कारी, हत्यारा’लाई कारवाही गर्न अखिल (छैठौं) को माग बैतडीकी भागरथीलाई न्याय दिलाउन राजमोको माग

‘बलात्कारी, हत्यारा’लाई कारवाही गर्न अखिल (छैठौं) को माग

काठमाडौं । अखिल (छैठौं) ले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । अध्यक्ष विमल पोखरेलले शुक्रबार विज्ञप्ति प्रकाशित गरी बलात्कारी, हत्यारालाई कारबाही गर्न माग गर्नुभएको हो । घरबाट विद्यालय जान हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको घर नजिकै जंगलमा शंकास्पद अवस्थामा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । यस्तो छ, विज्ञप्ति बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया विद्यार्थी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको छ । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । विद्यालयबाट घर नफर्केपछि भागरथीको खोजी गरिएको थियो । हामी भागरथी हत्याकाण्डको निन्दा एवं भत्र्सना गर्दछौं । देशमा बारम्बार बालिकाहरुको बलात्कार र हत्याका घटना भइरहनु निकै गम्भीर विषय हो । बलात्कार र हत्याका घटना रोक्ने कार्यमा सरकार असफल भएको छ । कैयौं बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुमाथि कारवाही गर्ने काममा पनि सरकार असफल भएको छ । निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्षसम्म कारवाही गर्न नसक्नु त्यसको ज्वलन्त उदाहरण हो । भागरथी भट्टको बलात्कारी र हत्याराको तत्काल खोजी गरी कडा कारवाही गर्न माग गर्दछौं । हत्यारालाई कारवाही गर्न आवाज उठाउन सम्पूर्ण विद्यार्थी तथा न्यायप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं । भागरथीको हत्यारालाई कारवाही गर्नको लागि सञ्चालन हुने आन्दोलनहरुमा अखिल (छैठौं)को ऐक्यबद्धता रहने जानकारी गराउँछौं ।