काठमाडौं: नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन” समुदायमा नै पुगिसकेको अनुमान गरिएको छ। शुक्रबार एकै पटक २४ जनामा ओमिक्रोन पुष्टि भएपछि यो भेरियन्ट समुदायमा नै पुगिसकेको आँकलन गरिएको हो।यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। शुक्रबार 'एस जिन' नेगेटिभ देखिएर सिक्वेन्सिङ गरेका सबै (२४ जना) मा ओमिक्रोन पुष्टि भएको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका ११४६ नमुना संकलन गर