नेपालमा थप २४ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्यान्डम विधिबाट पुसमा संकलित ११ सय ४६ नमूना परीक्षण गर्दा २२ प्रतिशत अर्थात २५० नमूनामा एस जीन नेगेटिभ (SGTF) पाइएको थियो ।
त्यसमध्ये २४ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २४ वटैमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सरकारले ओमिक्रोन भेरियन्टका कारण हुनसक्ने बिरामीको चापलाई मध्यनजर गर्दै अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरूको जोहो गरी तयारी अवस्थामा रहन स्वास्थ्यकर्म...