काठमाडौं : साफ यू-१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोलि बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको छ। निकै राम्रो लयमा देखिएको घरेलु टोली नेपाली गोलरक्षक तथा कप्तान अञ्जना राना मगरको उत्कृष्ट प्रदर्शनका कारण एक अंकमा चित्त बुझाउन बाध्य भयो।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा उपाधि दाबेदार बंगलादेशले अधिकांश समय खेल नियन्त्रणका बाबजुत गोलका अनेकन प्रयास गरेपनि सफल हुन सकेन।खेलको सुरूवातबाटनै घरेलु टोलि बंगलादेशले नेपालमाथि दबाब बढाएको थियो। तर नेप