काठमाडौं- मालदिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा भारत बराबरीमा रोकिएको छ। सोमबार साँझ भएको खेलमा भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो। ५४ मिनेटपछि १० खेलाडीमा सीमित भएको बंगलादेशले अन्तिम समयमा बराबरी गोल फर्काएको थियो। ८४ औँ मिनेटमा यासिन आराफातले गोल फर्काएका थिए। त्यसअघि २६ औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलमा भारतले अग्रता […]