गृहमन्त्री बालकृष्ण खाणले निजामती कर्मचारीहरूका युनियन सबैको साझा हुनु पर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८ औँ विभागीय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री खाणले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्ने बताए । ‘निजामति कर्मचारी युनियन सबैको साझा हुनुपर्छ । युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरद