काठमाडौँ – नेपालबाट चोरी भएको कम्तीमा १३ सय वर्ष पुरानो मूर्ति बेलायतको एक संग्रहालयमा फेला परेको छ। सातौँ–आठौँ शताब्दीको अवलोकितेश्वर/बोधिसत्व पद्मपानीको ढुंगाको मूर्ति काठमाडौँको लगन टोल तः बहामा रहेको बौद्धबिहारबाट चोरी भएको थियो। सन् १९८० को दशकमा चोरी भएको सो मूर्ति इंग्ल्याण्डस्थित अक्सफोर्ड विश्वविद्यालयको एश्मोलिएन म्युजियम अफ आर्ट एण्ड आर्किओलोजीको संग्रहमा फेला परेको नेपालबाट हराएका […]