सिके राउत नेतृत्वको जनमत पार्टीले अगामी निर्वाचनको तयारीमा जुटेको छ । त्यसका लागि सो पार्टीले चुनाव लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय नै गरेको छ । अध्यक्ष राउतले नेता तथा कार्यकर्तालाई उम्मेदवार बन्नका लागि तयार रहन निर्देशन समेत दिएका छन् । धनुषाको हारसर जीवन केन्द्रमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकमा उनले पार्टीलाई चुनावमा जिताउने लक्ष्यका साथ काम गर्न निर्देशन दिएको पार्टीका उपाध्यक्ष दीपक साहले जानकारी दिए । जनमत पार्टीको २० जिल्लामा संगठन रहेको छ । २० जिल्लाको हरेक व