काठमाडौं : कुनै समय मधेशलाई छुट्टै प्रान्तको माग गर्दै आन्दोलनमा उत्रिएका जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउत यति बेला राष्ट्रिय राजनीतिमा ‘अप्रत्याशित’ नतिजासहित उदाएका छन्। राउत यतिबेला सत्ता गठबन्धनका लागि सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउने ‘कोर संख्या’को रुपमा उभिएका छन्। पहिलो पटक प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित राउत नेतृत्वको जनमत पार्टी सातौं नम्बरमा आएको छ।प्रत्यक्षमा उनी मात्रै विजयी भए पनि ३ प्रतिशत मतको थ्रेस