माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत त्यहीबाट भर्चुअल बैठकमा सहभागी भएका थिए । कार्यकारिणी समितिको निर्णयबाट जनमत पार्टी सो सरकारमा सहभागी हुने पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले बताए । कुन र कतिवटा मन्त्रालय लिने विषयमा बालकोटमा छलफल जारी रहेको छ । जनमत पार्टीका