अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी फेरि सल्बलाउन थालेको बताएका छन् । शनिबार पोखरामा आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् । संविधान च्यात्न खोज्ने प्रतिगमनकारीहरु काँग्रेस, माओवादी केन्द्र लगायतका पाँच दलीय गठबन्धनको आन्दोलनका कारण केहि हदसम्म परास्त भएको बताउँदै मन्त्री शर्माले फेरि पनि उनीहरु सल्बलाउन थालेको बताए । त्यस्ता तत्वलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुपर्ने उनले बताए